Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विद्युतीय सवारीसाधन सार्वजनिक यातायात सञ्चालकका लागि तेहरो आम्दानीको स्रोत

- shuvadmin / शुक्रबार, साउन १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, विद्युतीय बस सञ्चालन गरिरहेका कम्पनीले दोहोरो तेहरो आम्दानी गरिरहेका छन् ।

बस सञ्चालनबाहेक चार्जिङ स्टेसन र विद्युतीय सवारीका पार्ट्स बिक्री तथा ग्यारेज सञ्चालन गरेर उनीहरूले दोहोरो तेहरो आम्दानी गरेका हुन् ।

विद्युतीय सवारी थप हुने क्रम बढेपछि वर्कसपदेखि चार्जिङ स्टेसनसम्मका व्यवस्थापन कम्पनी आफैँले गरेर आम्दानीका स्रोत बढाइरहेका छन् ।

व्यवसायका क्रममा १६ वटा विद्युतीय बस र २२ वटा विद्युतीय माइक्रो सञ्चालन गर्दै आएको सुन्दर यातायातले चार्जिङ स्टेसन, मोटरपार्टस बिक्री र वर्कसप आफैँ सञ्चालन गर्दै आएको छ ।

आफ्ना गाडी चार्ज गरेपछि चार्जिङको सेवा पनि दिँदै आएको छ । दैनिक दुई सय सवारी चार्जिङका लागि आउने गरेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

थापाले भने , “चीनमा बनेका कुनै पनि विद्युतीय सवारीका सबै पाटर्स हामीसँग उपलब्ध छन् । सुन्दर ट्रेडर्सले वर्कसप चलाएको छ ।

काठमाडौँमा मर्मतका लागि कुनै समस्या छैन । सोरुमले पनि पाटर्स र मर्मतको सेवा दिइरहेका हुन्छन् ।

विद्युतीय गाडी किन्न महँगो हो, सञ्चालन गर्न त सजिलो छ ।” वातावरणमैत्री, ध्वनि प्रदूषण नहुने र सरकारले पनि प्रोत्साहन गरेकाले अधिकांशको ध्यान विद्युतीय सवारीमा गएको उनले भने ।

थापाका अनुसार साना विद्युतीय सवारी प्रतियुनिट १५ रुपियाँका दरले पाँचदेखि सात सय रुपियाँसम्ममा पूर्ण चार्ज हुन्छन् ।

३२ सिटसम्मका ठूला सवारी १३ देखि १५ सय रुपियाँमा पूर्ण चार्ज हुन्छन् । इन्धनबाट चल्ने सवारीले करिब पाँच हजार पाँच सयको इन्धन खर्च गर्दा चार्जिङमा १५ सय लाग्ने थापाको भनाइ छ ।

३० वटा विद्युतीय बस सञ्चालन गर्दै आएको साझा यातायातले पनि चार्जिङ स्टेसनदेखिका मर्मतसम्भारका काम आफूहरूले नै गर्दै आएको छ ।

तर, साझाले पार्किङ स्थल नहुँदा अन्य कम्पनीका सवारीलाई चार्जको सुविधा उपलब्ध गराउन नसकेको साझाका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले बताए ।

सवारीका स्पेयर पाटर्स नपाउने होइन । तर, कम्पनी र डिलर अनुसार फरक हुने भएकाले एक कम्पनीको अर्कोसँग नमिल्ने हुँदा चाहिँ समस्या भोग्नु परेको उनले बताए ।

अर्यालले भने , “स्पेयर पाटर्स डिलर अनुसार फरक हुँदा समस्या भागेका छौँ । एउटाको टायर अर्को कम्पनीको गाडीमा लाग्दैन ।

आफ्ना गाडी आफैँ चार्ज गर्छौं, पार्किङ स्थल नहुँदा अरूलाई सेवा उपलब्ध गराउन सकेका छैनौँ ।”

३३ सिटका १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको महानगर यातायातले पनि चार्जिङ स्टेसन र आफ्नै वर्कसप चलाएको छ ।

उक्त कम्पनीले पनि सञ्चालनबाहेक चार्जिङ र वर्कसपको कमाइ पनि आफैँ गरिरहेको छ ।

महानगर यातायातका सचिव केशव नेपालले भने , “आफ्नै चार्जिङ स्टेसन र ग्यारेज पनि चलाएका छौँ ।

त्यसो गर्दा आम्दानी पनि हुने र अन्य झन्झट पनि नहुने हुँदा सजिलो भएको छ । पाटर्सहरूमा पनि समस्या छैन, बजारमा पाइन्छ ।”

काठमाडौँ उपत्यकामा ठूला विद्युतीय बस मात्र होइन जिप, कार, माइक्रो, मोटरसाइकल र स्कुटर सञ्चालनमा छन् ।

३० वटा विद्युतीय माइक्रो सञ्चालन गरेको सामाखुसी यातायातले पनि चार्जिङ स्टेसन सञ्चालन गरेको छ ।

अधिकांश कम्पनीले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको सचिव नेपालले बताए । कम्पनीबाहेक सशीला मोटर्सलगायतका सोरुमले पनि विद्युतीय सवारीका स्पेयर पाटर्स उपलब्ध गराउँदै आएका छन् ।

Page Views: 58
संबन्धित शिर्षकहरु
टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
पशुपति क्षेत्रमा सरसफाइ गरियाे
ताजा अपडेट
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama