Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ठाकुरलाई नागरिक उड्डयन प्राधिकरणको निमित्त नेतृत्व

- shuvadmin / मङ्गलबार, साउन १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका प्रेमनाथ ठाकुरलार्ई नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

हाल वैदेशिक भ्रमणमा रहेका महानिर्देशक प्रदीप अधिकारीको अनुपस्थितिमा ठाकुरलाई निमित्त महाप्रबन्धक तोकिएको हो ।

२०७९ फागुनदेखि अख्तियारले ठाकुरविरुद्ध भ्रष्टाचार तथा पददुरुपयोग सम्बन्धी मुद्दामा छानबिन गरिरहेको छ ।

यसअघि पनि निलम्बनमा परेका उपमहानिर्देशक ठाकुरलाई हवाइ सेवा निर्देशनालयको प्रमुखको जिम्मेवारी दिइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक ठाकुरले अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग घुस मागेको अडियो सार्वजनिक भएपछि प्राधिकरण सञ्चालक समितिले निलम्बन गरेको थियो ।

पर्यटन मन्त्रालयको निर्देशनमा ठाकुरलाई निलम्बन गरिएको थियो भने आन्तरिक रूपमा छानबिन गर्न प्राधिकरणले उपसमिति खडा गरेको थियो।

उक्त उपसमितिले दोषी देखिन प्रमाण जुटाउन नसकेको र उपसमितिकै सिफारिसमा निलम्बन फुकुवा गरे लगत्तै जिम्मेवारी दिइएको हो ।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भने ठाकुरको मुद्दा छानबिनमा नै रहेको छ ।

प्राधिकरणले निलम्बन गरेसँगै ठाकुरको मुद्दालाई आयोगले पनि छानबिन प्रक्रिया अघि बढाएको थियो ।

२०७९ माघ २६ गते थाइ स्माइल एयरलाइन्सको नेपालका लागि जनरल सेल्स एजेन्ट (जीएसए) सोसाइटी इन्टरनेशनलका प्रतिनिधिसँग गैरकानूनी लाभ लिने सम्बन्धको अडियो सार्वजनिक भएको थियो ।

पछिल्लो समयमा नेपालका सरकारी कार्यालयहरूमा कार्यकुशलता वा स्पष्ट छविका आधारमा होइन, पहुँच र राजनीतिक सम्बन्धको भरमा जिम्मेवारी बाँडफाँड गर्ने प्रवृत्ति मौलाउँदै गएकोप्रति आलोचना हुँदै आएको छ ।

प्राधिकरणभित्रको आन्तरिक दबाब, व्यक्तिगत समीकरण, र पहुँचको समीकरण मिलाएर ठाकुरलाई अगाडि सारिएको हो भन्ने शंका बढ्दै गएको छ ।

त्यसो त ठाकुरको सार्वजनिक छवि पनि त्यति राम्रो छैन ।

यसरी विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई नेतृत्वमा ल्याउने सरकारी निर्णयले संस्थाको पेशागत स्वायत्तता, पारदर्शिता र जवाफदेहितामाथि गम्भीर असर पार्न सक्ने विज्ञहरू बताउँछन् ।

Page Views: 80
संबन्धित शिर्षकहरु
सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
ताजा अपडेट
  • सांसद राजेन्द्र राईको अभिव्यक्तिप्रति छ्योतेन टासी तामाङ गुम्बाको आपत्ति, माफी माग्न आग्रह
  • नेपाली सेफ सोसाइटीद्वारा बाढीपीडितका लागि साढे २ लाख बढी सहयोग
  • साल्ट ट्रेडिङले ‘एसटिसी सिलिन्डर’मा ग्यास भर्न सुरु गर्‍याे
  • बाढी प्रभावित नागरिकलाई निःशुल्क आँखा उपचार सेवा
  • दिउँसो १ बजे तिनिधिसभाको बैठक बस्दै
  • बाढीमा बेपत्तामध्ये १ हजार २२२ जनाको शव फेला
  • कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama