Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

स्पेन भिजिट भिषा प्रकरणको अनुसन्धान तीव्र, छानबिनको निष्कर्षतिर सीआईबी

- shuvadmin / मङ्गलबार, साउन १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमणसँग जोडिएर उठेको भिजिट भिषा दुरुपयोग प्रकरणमा गृह मन्त्रालयको निर्देशनअनुसार सिआइबीको अनुसन्धान तीव्र बन्दै गएको छ।

त्रिभुवन विमानस्थल अध्यागमनबाट प्राप्त विवरणका आधारमा एसएसपी होबिन्द्र बोगटी नेतृत्वको समितिले असार ३१ देखि औपचारिक छानबिन अघि बढाएको हो।

स्पेनको सेभिल्लामा सम्पन्न ‘एफएफडी–४०’ कार्यक्रममा सहभागी सरकारी प्रतिनिधिमण्डल सबै स्वदेश फर्किए पनि, अन्य विभिन्न संस्था र व्यक्तिको संलग्नतामा १०० भन्दा बढी भिसा जारी भएको देखिएको छ।

तीमध्ये ५५ जनालाई नक्कली कागजातका कारण उडानकै बेला फर्काइएका थिए, भने बाँकीमध्ये कति स्वदेश फर्किए, कति हराए भन्ने तथ्य केलाउने कार्य भइरहेको छ।

स्पेनको दूतावास, ट्राभल एजेन्सी र एनजिओहरूबारे अनुसन्धान जारी छ। प्रारम्भिक सूचनामा केहीले सरकारी कागजातसमेत किर्ते गरेको आशंका गरिएको छ।

सिआइबीको टोलीले केही ट्राभल एजेन्सीमा छापा मार्दा ठोस प्रमाण भने फेला नपरेको जनाइएको छ।

समितिले प्रतिवेदन तयार गर्दैछ, जसले कस-कसलाई, कुन आधारमा, कस्तो कारबाही हुनसक्छ भन्नेबारे पनि सिफारिस गर्नेछ।

गृह मन्त्रालय स्रोतका अनुसार विदेश यात्रामा देखिएको भिषा दुरुपयोगको यो घटनाले नीति तथा प्रक्रिया कडाइ गर्ने सम्भावना बलियो देखिएको छ।

Page Views: 69
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama