Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

माओवादीभित्रको विवाद चरम उत्कर्षमा, पुनर्गठन नभए पार्टी गम्भीर संकटमा जाने जनार्दनको चेतावनी

- shuvadmin / बुधबार, साउन १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रमुख सत्तारुढ दल माओवादी केन्द्रभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ ।

पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टीको पुनर्गठनको माग गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल र शर्माबीच सार्वजनिक कार्यक्रममा नै आरोप प्रत्यारोप हुँदै आएको छ ।

उपमहासचिव शर्माले मंगलवार सामाजिक सञ्जालमार्फत पार्टीबारे उठेको भ्रम र तथ्यलाई गहिरो रूपमा बुझ्न आग्रह गर्दै विशेष महाधिवेशनले पार्टीभित्रको वैचारिक अस्पष्टता, राजनैतिक अन्योलता, सांगठनिक अराजकता, विधि विहीनतासहित नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना तयार पार्न पार्टीको पुनर्गठन गर्ने दाबी गरेका छन् ।

शर्माले गत वर्ष सबै प्रदेशहरूमा भएको परामर्श बैठकपश्चात् केन्द्रीय समितिको बैठकमा भएको बहस र निर्णयअनुसार आसारदेखि प्रारम्भ गरेर ६ महिनाभित्र अर्थात मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेन्डा केन्द्रित बहस गर्नुपर्ने र यसले पार्टीलाई पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न मद्दत पुग्ने दाबी गरेका हुन् ।

अध्यक्ष दाहालनिकट नेताहरूले भने जनार्दन शर्माले नेतृत्वमाथि संगीन आरोप लगाएको भन्दै कारबाहीको माग गर्दै आएका छन् ।

पार्टीका अर्का उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्वलाई सुदृढ बनाएर लैजानुपर्नेमा कमजोर बनाउने प्रयास गर्नु आपत्तिजनक रहेको बताउँदै आएका छन् ।

शर्माले केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्युनिस्ट नेतृत्व सिद्धान्तमा च्युत हुँदै गइरहेको सन्दर्भ उल्लेख गर्दै कम्युनिस्ट पार्टीबाट प्रधानमन्त्री भएकाहरूमध्ये मनमोहन अधिकारीबाहेक अरू सबै जनाले असुली धन्दा चलाएको आरोप लगाएका थिए ।

उनको आरोप आफ्नै अध्यक्ष पुष्पकमल दाहालप्रति पनि इंगित थियो । शर्माको यो भनाइपछि अध्यक्ष दाहाल निकट नेता तथा कार्यकर्ताहरूले शर्मालाई अनुशासनको कारबाही गर्नुपर्ने मागलाई तीव्र पारेका छन् ।

उपमहासचिव शर्माले मंगलवार दिएको टिप्पणीमा विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्नुभएको छ

उनले पार्टी केन्द्रको निर्णयअनुसार हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग (पुष्पलाल राजमार्ग) अभियानबाट आर्जेको ऊर्जालाई २ बँदे सहमतिपश्चात् गिरेको पार्टीको शाखलाई पुन माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हुन पार्टीपंक्तिलाई आग्रह गर्दै आएका छन् ।

‘यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन् ।

यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनःसंरचना र पार्टीको पुनर्गठन नै हो ।’ शर्माले भनेका छन् ।

Page Views: 66
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama