Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

वागमती कांग्रेस संसदीय दलको नेताका लागि लामा र बानियाँको उम्मेदवारी दर्ता

- shuvadmin / बुधबार, साउन १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको रिक्त नेता पदका लागि प्रदेश सभा सदस्यद्वय बहादुर सिंह लामा तामाङ र इन्द्रबहादुर बानियाँको उम्मेदवारी मनोनयन दर्ताभएको छ ।

संसदीय दलको नेताका लागि आज बुधबार निर्वाचन हुँदै छ । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि मंगलबार भएको हस्ताक्षरसहितको मतविभाजनमा अविश्वासको प्रस्ताव बहुमतले पारित भएसँगै संसदीय दलको नेताको पद रिक्त भएको थियो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका लामा र कांग्रेस बागमती प्रदेश समितिका सभापति बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट हुन् ।

कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेता निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार संसदीय दलको नेताका लागि बुधबार दिउँसो २ः०० बजेदेखि ३ः०० बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।

उम्मेदवारी मनोनयन दर्तापछि दावी विरोध बिहान ११ः३० बजेदेखि ११ः३० बजेसम्म, उम्मेदवारको नाम फिर्ता दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रशासन दिउँसो १ः०० बजेदेखि रहेको निर्वाचन तालिका रहेको छ ।

यसअघि कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले निर्वाचन समिति बनाउने निर्णय गरेको थियो । बागमती प्रदेशसभामा कांग्रेसका ३७ प्रदेश सभा सदस्य रहेका छन् ।

संसदीय दलको नेतामा एक भन्दा बढी उम्मेदवार भएमा गोप्य मदतानबाट नेता निर्वाचत गर्ने व्यवस्था कांग्रेस संसदीय दलको विधानमा रहेको छ ।

Page Views: 71
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama