Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कालीबाबा भन्छन्, “सरकार पटक–पटक बदल्नु हुँदैन, स्थिरता चाहिन्छ”

- shuvadmin / बुधबार, साउन १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, धार्मिक अभियन्ता, अन्तर्राष्ट्रिय सन्त कालीबाबा अर्थात श्रीश्री १००८ स्वामी महामण्डलेश्वर कृष्णानन्द परमहंस कालीदास बाबाले नेपालको समुन्नति, आर्थिक एवं सामाजिक रुपान्तरण र नागरिकको सर्वोपति हितका पक्षमा काम गर्नुपर्ने बताएका छन् ।

पशुपति देवपत्तन, वनकालीस्थित हंसमण्डपमा बुधबारदेखि प्रारम्भ भएको दशमहाविद्या रुद्रहवन महायज्ञको उद्घाटन गर्दै कालीबाबाले शान्ति, समृद्धि, राष्ट्रिय एकता र अखण्डता बनिरहोस् भन्ने कामना गरेका हुन् ।

उनले भने , “श्रम र रोजगारीका लागि विदेश जाने युवायुवती नेपालमै बसेर आर्थिकोपार्जन गर्न सक्षम बनुन् । शान्तिप्रिय सरकार रहोस् । पटक पटक सरकार परिवर्तन नहोस् ।”

कालीबाबाले वास्तविक रुपमै राज्यको अनुभूति हुनुपर्ने बताउँदै सबै एकजुट भएर देशको विकास गर्न आह्वान पनि गरेका छन् ।

उनले भने , “शान्ति र समुन्नतिको मार्गमा एकाकार भएर अघि बढ्न सकौ । सुशासन होस्, सबै नागरिकको उन्नति होस् । हाम्रो सुन्दर देशको विकास गर्न धेरै समय नै लाग्दैन ।”

कालीबाबाले भगवतीको उपासना, पूजापाठ गर्दा शान्ति, समृद्धि, ऐश्वर्यले भरिपूर्ण गराउने शक्तिशाली देवीमा दशमहाविद्या आउने बताउँदै विधिविधान अनुसार पूजाअर्चना गरिएमा ऐश्वर्य प्राप्ति हुने विश्वास गरिने प्रस्ट पारे ।

उनले देशमा शान्ति, समृद्धि, भाइचारा, अखण्डता, एकता, भोकमारी, महामारी कष्टदेखि सम्पूर्ण रक्षा गरेर देशमा शान्ति समृद्धिको यात्रामा अघि बढाउन प्रेरित गर्ने उद्देश्यका साथ दशमहाविद्या रुद्रहवन महायज्ञको आयोजना गरिएको बताएका छन् ।

उनले भने , “नेपाल देशका हरेक नागरिकले एक घुट पानी पिएर, एक फाँको सातु खाएर घुटुक्क पानी पिएर शान्तिपूर्वक बस्न पाए पनि खुशी हुन्छन् ।

त्यसैले हरेक वर्ष ज्योतिर्लिंगको दर्शन गरेर पशुपतिनाथमा आएर जल चढाएर रुद्राभिषेक गर्ने गर्दै आएको छु ।

यस वर्ष दशमहाविद्या रुद्रहवन महायज्ञकै आयोजना गरिएको छ । मेरो कामना नेपाल र नेपालीको शान्ति र समुन्नति हो ।”

यसैबिच, कालिका साधना आश्रम र शिवशक्ति बाबा कालीदास धामको आयोजना र मानवसेवा फाउण्डेशनको सहकार्य रहेको दशमहाविद्या रुद्रहवन महायज्ञमा बुधबार बृहत कलश यात्राको आयोजना गरी प्रारम्भ गरिएको छ ।

कलशयात्रा मैतीदेवीदेखि नगरपरिक्रमा गर्दै वनकालीस्थित हंसमण्डपमा पुगेर महायज्ञ शुरु भएको हो ।

कलशयात्रामा फाउण्डेशनका अध्यक्ष बालयोगेश्वर विजय कृष्णमूर्ति तथा धार्मिक अभियन्ता र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

यसअघि, भारतमा धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ २०८१ माघमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अगुवाइमा ‘दश महाविद्या विष्णु सहस्र कोटि हवन महायज्ञ’ आयोजना गरिएको थियो ।

सोही महायज्ञमा काठमाडौँमा पनि महायज्ञ आयोजना गर्ने घोषणा गरिएको थियो ।

Page Views: 59
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama