Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दुई महिनामा ५६८ मनसुनजन्य घटना, ४३ जनाको मृत्यु, १८ अझै बेपत्ता

- shuvadmin / बिहिबार, साउन १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, यस वर्षको मनसुन सुरु भएको दुई महिनामा देशभर ५ सय ६८ वटा विपदका घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरणअनुसार जेठ १५ देखि साउन १५ सम्मको अवधिमा मनसुनका कारण ४३ जनाले ज्यान गुमाएका छन् ।

१८ जना अझै बेपत्ता छन् भने १ सय १६ जना घाइते भएका छन् । ​विपदबाट २ हजार १ सय १२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

प्राधिकरणका अनुसार, रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले सबैभन्दा ठूलो धनजनको क्षति पुर्‍याएको थियो ।

गत वर्षको तुलनामा यस वर्ष मनसुनजन्य घटनाको संख्या केही घटेको छ । त्यस्तै, मानवीय र भौतिक क्षतिमा पनि केही कमी आएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले नागरिक सतर्कता, पूर्वसूचना प्रणाली, उद्धार संयन्त्र र स्थानीय तहको सक्रियताका कारण क्षति न्यूनीकरणमा टेवा पुगेको बताएको छ ।

मनसुन अझै सक्रिय रहेकाले सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

Page Views: 63
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama