Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महानगरले भत्काउने भयो हनुमानढोकाको प्रहरी भवन

- shuvadmin / बुधबार, साउन २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, हनुमानढोका दरबार परिसरमा रहेको प्रहरी कार्यालय भत्काइने भएको छ ।

ट्राफिक प्रहरी कार्यालय रामशाहपथको जग्गा नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने सहमति भएसँगै सो भवन भत्काउन लागिएको हो ।

स्रोतका अनुसार दुई निकायबीच लिखित सहमति भएपछि सट्टापट्टा गरी हनुमानढोका प्रहरी भवन भत्काउने निर्णय हुनेछ ।

काठमाडौं महानगरपालिकाले हनुमानढोका प्रहरी रहेको जीर्ण भवन भत्काएर पोखरी र अन्य संरचना बनाउनेछ ।

दुई जनाबीच कामपाको मुख्यालयमा भेट भएको थियो । प्रहरी महानिरीक्षक थापा ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी लिएर कामपा पुगेका थिए ।

काठमाडौं महानगरपालिकाको स्वमित्वमा रहेको ट्राफिक प्रहरी मुख्यालय रहेको भवनमा ट्राफिक प्रहरी कार्यालय, टावर र कामपा प्रहरीबलको कार्यालय निर्माण हुनेछ ।

काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र साह र प्रहरी महानिरीक्षक दीपक थापाबीच मंगलवार दुईपक्षीय सहमति भएको थियो ।

सम्पदा अभियन्ता यादवलाल कायस्थले विश्व सम्पदा क्षेत्रमा रहेको सो भवनले पर्यटकलाई गिज्याइरहेको बताउँदै तत्काल भवन भत्काउन सरोकारवाला सबै निकायलाई पत्राचार गरेका थिए ।

निरन्तर प्रयासपछि गृह मन्त्रालयले भवन भत्काउने निर्णय गरेको हो ।

कायस्थसहितको टोलीले एक साताअघि पुरातत्व विभागमा सबै सरोकारवालासँग छलफल कार्यक्रम आयोजना गरेको थियो ।

लगत्तै पुरातत्व विभागले गृह मन्त्रालयलाई पत्राचार गरी भवन भत्काउन आग्रह गरेको थियो ।

सो निर्णय भएसँगै प्रहरी प्रमुख थापा र मेयर साहबीच भेटघाट भएको हो । भेटघाट कार्यक्रममा भने मेयरका सम्पदा सल्लाहकार एवं अभियन्ता कायस्थलाई बोलाइएको थिएन ।

‘भेट भएको जानकारी पाएँ, भवनसँग ट्राफिक प्रहरी कार्यालयको जग्गा साट्ने कुरा सुनेको छु’ –उहाँले प्रहरीसँग कामपाले जग्गा साट्ने विषय गलत भएको तर्क राख्नुभयो ।

सहमतिअनुसार भोटाहिटीस्थित साइबर ब्युरो सामाखुसीस्थित कोरियन सरकारले बनएको भवनमा सर्ने र ब्युरो बसेको भोटाहिटीको भवनमा कामपाको २७ वडा रहने सहमति भएको छ ।

सो सहमति केही दिनपछि नै कार्यान्वयन गर्ने भएको छ । हनुमानढोका प्रहरी भवन भत्काउने विषयमा गृहमन्त्री रमेश लेखकसमेत सकारात्मक हुनुभएको थियो ।

पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले प्रहरी र कामपाबीच भएको सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताए ।

उनले भने, ‘विश्व सम्पादा क्षेत्रमा भत्किन लागेको भवन रहनु गलत थियो, बल्ल दुई निकायले बुझेर निर्णय गरे ।’

यसअघि संरक्षित स्मारक क्षेत्र तथा विश्व सम्पदा हनुमानढोका दरबारक्षेत्रस्थित प्रहरी परिसरको जीर्ण भवन भत्काउने कि बनाउने सम्बन्धमा सरोकारवाला निकाससँग भएको छलफलमा सो निर्णय गरेको हो ।

यसअघिको छलफलमा नेपाल प्रहरीले सो भवन रेक्ट्रोफिट गर्ने विषय उठाएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अपिलराज बोहराले बडादशैंमा मूलपूजा गरिने सो भवन रेक्ट्रोफिट गर्ने धारणा राखेका थिए ।

बैठकमा गृह मन्त्रालयका प्रतिनिधिले सो भवनको विषयमा विस्तृत अध्ययन गर्नुपर्ने बताएका थिए ।

संस्कृति मन्त्रालय र विभागका प्रतिनिधिले भवन भत्काउनैपर्ने राय दिएका थिए । सोही रायका आधारमा विभागले आज बुधबार गृह मन्त्रालयलाई पत्र पठाउने भएको छ ।

सम्पदा अभियन्ता कायस्थले जुनसुकै बेला भत्कन सक्ने जीर्ण भवन भत्काउनैपर्ने बताउँदै आएका थिए ।

गत.वर्ष कातिक २० गते विभागको बैठकमा पुरातत्व विभाग विश्व सम्पदा शाखाले ३ बुँदे निर्देशन दिँदै सो भवन मापदण्डविपरीत रहेको र भूकम्पले जीर्णसमेत रहेकाले भत्काउन पत्राचार गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको स्वामित्वमा रहेको सो भवन ३ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

सानाठूला गरी ५ वटा संरचना रहेको भवन इँटा पर्खालले घेरिएको छ । पर्खाल पूर्ण रूपमा जीर्ण छ ।

मुख्य भवन भूकम्प क्षतिग्रस्त अवस्थामा रहेको भएपनि हाल केही प्रहरी सो भवनमा बसिरहेका छन् ।

५ वटा संरचनामध्ये उत्तरपूर्वी भागमा रहेको भवन जीर्ण अवस्थामा रहेको उल्लेख छ ।

दरबारक्षेत्रको सौन्दर्य बिगारिरहेको सो भवन भत्काउने विषयमा कायस्थसहितको टोलीले पटकपटक सरकारलाई आग्रह गरिरहेको छ ।

पूर्वमन्त्री महेश बस्नेतसहितको टोली भवन निरीक्षणमा पुग्दा भत्काउन आफूले पहल गर्ने बताए ।

‘संरक्षित स्मारक क्षेत्रका लागि लागू गरिएको संरक्षण एवं निर्माण सम्बन्धी मापदण्डबमोजिम नरहेको सो जीर्ण एवं जोखिमयुक्त भवन, के कसरी कुन निकायसँग समन्वय गरी कुन मोडालिटीमा भत्काउने विषयमा यथाशीघ्र राय दिन परिसरलाई आग्रह गरेको थियो ।

मापदण्डविपरीत निर्माण भएको सो भवन भत्काएर सम्पदामैत्री बनाउने र उक्त भवनमा पर्यटन प्रहरीको कार्यालय राख्न प्रस्ताव गर्दै सम्पदाप्रेमीले जनस्तरबाटै सो भवन भत्काएर पुनर्निर्माण गर्न माग गरेका छन् ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त सो भवन पूर्ण रूपमा जीर्ण भइसकेको छ । जीर्ण सो भवनत्रिभ प्रहरी बसिरहेको छ ।

२०७२ सालअघि हनुमानढोका दरबार परिसरभित्र काठमाडौं जिल्ला प्रहरी कार्यालय थियो । २०१५ सालमा निर्माण भएको सो भवन विश्व सम्पदाको मापदण्डविपरीत छ ।

Page Views: 95
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama