Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रास्वपा/राप्रपाको निरन्तर अवरोध, आज पनि संसद् बहिष्कार

- shuvadmin / बुधबार, साउन २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, भिजिट भिषा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

गत १३ जेठदेखि निरन्तर विरोधमा रहेको यी दुई दलका सांसद आजको बैठकमा आफ्ना धारणा राखेपछि बैठकबाट बाहिरिएका हुन् ।

बैठकमा रास्वपाका प्रवक्ता एवं सांसद मनिष झा र राप्रपाकी सांसद रोशन कार्कीले बोल्दै भिजिट भिषा वितरण र त्यसबाट सिर्जित संकटको समाधानप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए ।

सांसद झाले भिजिट भिषा प्रकरणका क्रममा ‘कुलिङ पिरियड’ मा देखिएको अनियमितताको जिम्मेवारी सभापति रामहरि खतिवडाले लिनुपर्ने भन्दै उनको पद टिकाइ असंवैधानिक भएको बताए ।

‘राज्य, व्यवस्था तथा सुशासन समितिका सभापतिमाथि नैतिकता प्रश्न उठिरहेको बेला हामीमाथि भने पटकपटक नैतिकता र नालायकीको प्रश्न उठाइन्छ,’ उनले भने, ‘यो दोहोरो मापदण्ड हो, जवाफ कसले दिने रु’

त्यसैगरी, राप्रपाकी सांसद रोशन कार्कीले सरकारको संवेदनशीलतामाथि प्रश्न उठाउँदै आन्दोलनरत सांसदको आवाज नसुनी संसद् चलाइरहनु गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरिन् ।

सरकार संसदप्रति उत्तरदायी हो कि संसद् सरकारप्रति रु,’ उनले प्रश्न गरिन् ।

रास्वपा र राप्रपाले छानबिन समिति गठन नभएसम्म संसदमा नियमितरूपमा सहभागी नहुने अडान लिँदै आएका छन् ।

Page Views: 96
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama