Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

छ प्रदेशका पच्चिस जिल्लामा ‘लम्पी स्किन’, एक अर्ब तिस करोडको क्षति

- shuvadmin / बिहिबार, साउन २३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ को सङ्क्रमण छ प्रदेशका २५ जिल्लामा फैलिएको छ ।

२६ हजार ६३२ पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको र ८१६ पशुको मृत्यु भएको पशुसेवा विभागले उल्लेख गरेको छ ।

हालसम्म यसबाट किसानले एक अर्ब ३० करोड रुपियाँ बराबरको क्षति बेहोरिसकेका छन् । सबैभन्दा ठूलो असर कोशी प्रदेशमा देखिएको छ ।

कोशी, बागमती, लुम्बिनी, मधेश, कर्णाली र गण्डकी प्रदेशमा देखिएको यो सङ्क्रमणले कोशी प्रदेशमा मात्रै एक अर्ब एक करोड रुपियाँ बराबरको आर्थिक नोक्सानी गराएको हो ।

कोशी प्रदेशका १२, मधेशका आठ, गण्डकीको एक, कर्णालीको एक र सुदूरपश्चिममा भने हालसम्म रोग पुष्टि हुन सकेको छैन ।

बागमती प्रदेशले भने लम्पीको विवरण पशुसेवा विभागलाई उपलब्ध गराएको छैन ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले ‘लम्पी स्किन’ सङ्क्रमणले कोशी प्रदेशमा एक अर्ब एक करोडको आर्थिक नोक्सानी भएको उल्लेख गरेको छ ।

कोशी प्रदेशमा साउन १८ गतेसम्म २२ हजार १२२ पशु सङ्क्रमित भएको र सोही आधारमा नेपाल पशु चिकित्सा परिषद्ले वैज्ञानिक तथ्यका आधारमा एक अर्ब एक करोडको क्षति भएको उल्लेख गरेको छ ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका निर्देशक डा. सुशीलकुमार अधिकारीले सो प्रदेशका १२ जिल्लामा रोग फैलिएको र पशुमा मृत्युदर २.७ प्रतिशत रहेको बताए ।

यस आधारमा रोग अहिले नियन्त्रणमा रहेको बताइएको छ ।

पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोज शाहीले रोगका कारण गाईभैँसीको मृत्यु हुने, दूध र मासु उत्पादनमा ह्रास आउने, पशुको प्रजननमा समस्या देखिने, छाला उत्पादन घट्ने बताए ।

त्यस्तै पशुलाई पूर्ववत् अवस्थामा ल्याउन पोषणमा खर्च बढेर किसानले आर्थिक नोक्सानी बेहोर्ने उनले उल्लेख गरे ।

नेपाल पशु चिकित्सा परिषद्ले २०८० मा गरेको वैज्ञानिक तथ्यका आधारमा एक स्वस्थ्य पशुमा ‘लम्पी स्किन’ रोग देखिएमा ४९ हजार १३५ रुपियाँको आर्थिक नोक्सानी पर्ने देखिन्छ ।

पाँच लाखमा लगाइयो खोप

‘लम्पी स्किन’ सङ्क्रमणविरुद्ध तीन प्रदेशका पाँच लाख स्वस्थ्य पशुमा खोप लगाइएको छ । पशुसेवा विभागका डा. इन्दिरा शर्माका अनुसार मधेश, कोशी र लुम्बिनी प्रदेशका पाँच लाख एक हजार पशुमा खोप लगाइएको हो ।

कोशीमा तीन लाख १२ हजार, मधेशमा एक लाख ६७ हजार र लुम्बिनीमा २१ हजार ४६२ पशुमा खोप लगाएको उनले बताइन ।

बागमती, गण्डकी र कर्णालीले खोप लगाइए पनि विभागमा तथ्याङ्क सङ्कलनको कार्य भइरहेको छ ।

विभागले आवश्यकताका आधारमा सबै प्रदेशमा १० लाख डोज खोप उपलब्ध गराएको थियो ।

विभागले प्रयोगशाला परीक्षण तथा रोग निदान, खोप खरिद गरेर वितरण, औषधी तथा निःसङ्क्रमण सामग्री वितरण गरेको उनले उल्लेख गरे ।

किसानको आर्थिक क्षति कम होस् भनेर प्रदेश, स्थानीय तहसँग विभागले निरन्तर समन्वय गरेको उनले स्पष्ट पारे ।

Page Views: 73
संबन्धित शिर्षकहरु
देशकाे अधिकांश स्थानमा पानी पर्ने
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
ताजा अपडेट
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न
  • सडक भासिएपछि तातोपानी नाका अवरुद्ध
  • मकवानपुरमा खोलाले खाली ट्रक बगायाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama