Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

निर्वाचन आयोगले क्षेत्राधिकार नाघेको नौ दलको निष्कर्ष, स्वमूल्यांकन कार्यविधि अस्वीकार गर्ने

- shuvadmin / बिहिबार, साउन २३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नौवटा राजनीतिक दलले निर्वाचन आयोगले आफ्नो क्षेत्राधिकार नाघेको निष्कर्ष निकालेका छन् ।

बुधबार नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले आयोगले सुझावका लागि पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ अस्वीकार गर्ने निर्णय गरेका हुन् ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले आयोगले तयार पारेको कार्यविधि ऐनको रूपमा आएको बताए ।

त्यसलाई अस्वीकार गर्ने निर्णय गरिएको जानकारी दिए । “निर्वाचन आयोगले ऐनको रूपमा तयार गरेर पठाएको छ ।

ऐन बनाउने अधिकार संसद्लाई मात्रै हुन्छ । आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर आयोगले कार्यविधि पठाएकाले अस्वीकार गर्ने निर्णय भएको छ,” उनले भने ।

छलफलमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, जनमत, आम जनता पार्टीका नेताहरू सहभागी थिए ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि त्यसमा समर्थन जनाएको छ ।

पाण्डेका अनुसार, राजनीतिक दलको अधिकार कटाउने गरी, सेन्सर गर्ने गरी आएको कार्यविधि मान्न तयार नभएको निचोड निकालिएको छ ।

बिहीबार आयोगमा संयुक्तरूपमा निवेदन दिने तयारी भएको छ । आयोगले कार्यविधिमा साउन २२ गतेसम्म सुझाव पठाउन आग्रह गरेको थियो ।

कार्यविधिमा दलहरूको मूल्यांकन, सञ्चालन, रेखदेख र निर्देशन गर्न आयोगले सचिवको नेतृत्वमा समिति गठन गर्ने उल्लेख छ ।

समितिमा आयोगका महाशाखा प्रमुखहरू, सूचना प्रविधि शाखा प्रमुख, र ऐन, नियम तथा फैसला कार्यान्वयन शाखा प्रमुख सदस्य रहनेछन् ।

राजनीतिक दल व्यवस्थापन शाखा प्रमुख भने सदस्य सचिव रहने जनाइएको छ ।

Page Views: 102
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama