Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ओलीलाई चुनौती दिन विद्याले खोलिन् सम्पर्क कार्यालय

- shuvadmin / शनिबार, साउन २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पूर्वराष्ट्रपतिबाट एमाले राजनीतिमा फर्कनका लागि विद्या भण्डारीले सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने तयारी थालेकी छन्।

थापागाउँमा भाडामा लिइएको घरमा सम्पर्क कार्यालय राख्ने तयारी गरिएको हो।

उक्त घरमा अहिले मर्मतको काम भइरहेको छ। उनले विदुर मैनालीको पूरै घर भाडामा लिएकी हुन्।

घरको झ्याल, ढोका लगायत अन्य बिग्रेको ठाउँमा मर्मतको काम भइरहेको छ। केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारी छ।

विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको घर २०४८ सालको चुनावमा मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका थिए।

दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिने गरी राजनीतिमा आउन लागेकी हुन्।

उक्त घर मदन भण्डारी फाउन्डेसनको नाममा भाडामा लिइएको थियो। ठूलो कम्पाउन्डसहितको उक्त घर तीनतले छ।

मदनले २०४८ सालको चुनाव उक्त घरमै प्रचार प्रसार कार्यालय खोलेर जितेका थिए।

त्यसपछि मदन पत्नी विद्याले पनि २०५१ सालको चुनावमा त्यही घरमै चुनाव प्रचार प्रसार कार्यालय खोलेकी थिइन्।

अहिले एमालेको राजनीतिमा सक्रिय हुनका लागि उनले त्यही घर रोजेकी हुन्।

थापागाउँस्थित यो घर २०५४ सालमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयर बनेका नेता विदूर मैनालीको हो।

दुई कार्यकाल राष्ट्रपति भएर बिदा भइसकेपछि भण्डारी अहिले बूढानीलकण्ठस्थित भंगालमा रहेको निवासबाटै सक्रिय भइरहेकी छन्।

उनले गत असार १४ गत मदन भण्डारी फाउन्डेशनको कार्यक्रममार्फत् आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्।

तर, साउन ५ र ६ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकले उनलाई राजनीतिमा आउन निषेध गरेको थियो।

उनले २०८१ वैशाखमा नवीकरण गरेको संगठित सदस्यता पनि एमालेले अमान्य घोषित गरेको थियो।

एमाले अध्यक्ष ओलीले ७० वर्षे उमेर हद र कार्यकारी पदमा रहनेहरूका लागि गरिएको दुई कार्यकालको व्यवस्था पनि हटाइसकेका छन्।

यो अवस्थामा ओलीले आफूसँग प्रतिस्पर्धा गर्न आउन लागेको भन्दै भण्डारीलाई आगामी भदौ २०-२२ मा ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनमा पनि सहभागी हुन नदिने गरी निर्णय गराइसकेका छन्।

Page Views: 60
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama