काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी ओलीले भेटवार्ता गरेका छन् ।
आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।