Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, चैत २९, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इपीएस लागू भएको सत्र वर्ष पूरा, दक्षिण कोरिया पुगे एक लाख बीस हजार युवा

- shuvadmin / आइतबार, साउन २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) सञ्चालनमा आएको १७ वर्षमा एक लाख २० हजार नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगेका छन् ।

नेपाल र कोरिया सरकारबिच इपिएसमार्फत नेपाली श्रमिक लैजाने सम्झौता अनुसार सन् २००८ देखि हालसम्म एक लाख १९ हजार ७६८ जना नेपाली युवा दक्षिण कोरिया पुगेका हुन् ।

कोरिया र नेपाल सरकारबिच सन् २००७ मा इपिएसमार्फत नेपाली युवा कोरिया लैजाने सम्झौता भएको थियो ।

उक्त सम्झौता अनुसार सन् २००८ देखि नेपाली युवा इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जान थालेकोमा सात हजार ३६५ महिलासहित एक लाख १९ हजार ७६८ जना दक्षिण कोरिया गएर रोजगारी प्राप्त गरेको वैदेशिक रोजगार विभाग इपिएस रोजगार शाखाले जनाएको छ ।

शाखाका अनुसार इपिएसमार्फत कोरिया जान कोरियन भाषा परीक्षामा अहिलेसम्म नौ लाख १९ हजार ६३१ युवाले आवेदन दिएका छन् ।

सन् २०२४ का लागि अहिलेसम्मकै बढी एक लाख ८३ हजार बढीले भाषा परीक्षाका लागि आवेदन दिएका थिए ।

सन् २०२५ का लागि पाँच हजार तीन सय नेपाली श्रमिकको माग आएकोमा उत्पादनतर्फ तीन हजार पाँच सय जना र कृषि तथा पशुपालनतर्फ एक हजार आठ सय जनाको माग आएको इपिएस कोरिया शाखाले जनाएको छ ।

सन् २०२४ को पछिल्लो सात महिनाभित्र चार हजार ९८४ नेपाली श्रमिक दक्षिण कोरिया गइसकेका छन् ।

अन्य मुलुकको तुलनामा आकर्षक सेवा सुविधाका भएकाले पनि कोरिया नेपाली युवाको आकर्षक श्रम गन्तव्यमा बनिरहेको छ ।

नेपालले इपिएसबाट श्रमिक पठाउन थालेयता सबैभन्दा धेरै सन् २०२३ मा १९ हजार ६८९ नेपाली श्रमिक कोरिया पुगेका थिए ।

सन् २०२४ मा नौ हजार २८५ जना दक्षिण कोरिया गए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले कम लागत र अन्य देशमा भन्दा धेरै कमाइ हुने भएकाले युवाको प्राथमिकतामा दक्षिण कोरिया पर्ने गरेको बताए ।

“कोरियाले श्रमिक लैजाने प्रक्रिया एकदमै पारदर्शी छ । सरकारबिचको सम्झौतामार्फत पठाउने भएकाले सुरक्षित पनि छ,” उनले भने, “अन्य देशमा जाँदा लाग्ने भन्दा इपिएस प्रक्रियामार्फत असाध्यै कम लागत र धेरै आर्जन हुने भएकाले कोरिया नेपाली युवाको पहिलो रोजाइ मै पर्छ ।”

दक्षिण कोरिया सरकारले इपिएसमार्फत नेपालसहित इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड, फिलिपिन्स, श्रीलङ्का, मङ्गोलिया, उज्बेकिस्तान, पाकिस्तान, कम्बोडिया, चीन, बङ्गलादेश, कीर्गिस्तान, म्यानमार, टिमोर–लेस्टे, लाओस र ताजकिस्तानबाट श्रमिक भित्र्याउँदै आएको छ ।

इपिएस शाखाका अनुसार अहिले पनि दक्षिण कोरियामा झन्डै ६०र६१ हजार नेपाली श्रमिकले काम गरिरहेका छन् ।

दुई देशबिचको रोजगार सम्झौता हरेक दुईरदुई वर्षमा नवीकरण हुँदै आएको छ ।

पछिल्लो पटक सन् २०२२ मा सम्झौता नवीकरण भएको थियो । त्यसपछि २०२४ मा हुनुपर्ने हालसम्म हु्न सकेको छैन ।

कोरियाले यसअघि कृषि, पशुपालन तथा उत्पादनमूलक क्षेत्रमा नेपाली श्रमिक लैजाँदै आएकामा यस वर्ष पानी जहाज निर्माणको क्षेत्रमा पनि नेपालीलाई लिन थालेको इपीएस कोरिया शाखाले जनाएको छ ।

शाखाका अनुसार दक्षिण कोरियाले गत वर्षदेखि सेवा क्षेत्र, रुट इन्डस्ट्री र वनक्षेत्रमा पनि श्रमिक माग गर्न थालेको छ ।

विभागका महानिर्देशक भट्टराईले नेपाली श्रमिक इमानदार र मेहनती हुने भएकाले कोरियाले नेपालबाट नै सबैभन्दा धेरै श्रमिक लैजाने गरेको बताए ।

कोरियाले नेपाललाई सबैभन्दा धेरै श्रमिक पठाउन सफल भएको भन्दै पुरस्कृतसमेत गरेको थियो ।

इपीएसमार्फत दक्षिण कोरियामा पुगेका नेपाली युवाले साना उद्योग, कृषिक्षेत्र र पानीजहाज बनाउने काम गर्दै आएका छन् ।

कोरिया गएका नेपालीले मासिक न्यूनतम तीन लाखदेखि बढीमा छ लाख रुपियाँसम्म कमाइ गर्न सक्ने जनाइएको छ ।

श्रमिकको कामको प्रकृति, ओभरटाइमलगायतले पनि कमाइ कति हुने निर्धारण हुने गरेको छ ।

इपीएस शाखाका अनुसार दक्षिण कोरियामा एक श्रमिकको न्यूनतम कमाइ साढे दुई लाखबाट शुरु हुने गरेको छ ।

Page Views: 19
संबन्धित शिर्षकहरु
हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
गृहमन्त्री गुरुङ चितवन पुगे
विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
ताजा अपडेट
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन
  • राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ
  • सरकारले कर छुट दिँदा पनि किन बढ्यो इन्धनको मूल्य ?
  • नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक
  • फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama