Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा.थापा

- shuvadmin / सोमबार, साउन २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सनातन धर्म रक्षा र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संस्था कालिका साधना आश्रम नेपालको अध्यक्षमा डा. मिलनकुमार थापा चयन भएका छन् ।

धार्मिक अभियन्ता, अन्तर्राष्ट्रिय सन्त स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा (कालीबाबा) ले असार ३ गतेको निर्णयअनुसार डा. थापालाई अध्यक्ष चयन गरेका हुन् ।

भारतका केन्द्रीय बन्दरगाह, परिवहन र जलमार्गमन्त्री सर्बानन्द सोनोवालको प्रमुख आतिथ्यमा आयोजित समारोहमा अध्यक्ष नियुक्त भएका डा. थापाले आइतबार कार्यभार ग्रहण गरेका छन् ।

डा. थापाले कालिका साधना आश्रमले नेपालको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने, संस्कृति र परम्परामा आस्था राख्ने विश्वभरिका सनातनीहरूलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्ने र आर्थिक विकास र समुन्नतिको आधारशीला तयार गर्ने उद्देश्यका साथ अघि बढ्ने प्रष्ट पारेका छन् ।

‘कालिका साधना आश्रम विशुद्ध धार्मिक र सामाजिक संस्था हो, यस संस्थालाई समाजसँग जोडेर प्राचीन विज्ञानमा आधारित ज्ञान र शिक्षालाई अघि बढाउने र नेपालको समृद्धिका लागि देशमा प्रमुख धार्मिकस्थलको प्रचारप्रसार गर्ने कार्यमा अघि बढाइने छ,’ डा. थापाले भने ।

धार्मिक पर्यटनमा भारतको सहयोग

पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा आयोजित दशमहाविद्या रुद्रहवन महायज्ञमा सहभागी हुन र भगवान पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका भारतका केन्द्रीयमन्त्री सोनोवालले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको बताउँदै धार्मिक पर्यटन प्रवद्र्धन गर्न सहयोग गर्ने प्रष्ट पारेका छन् ।

मन्त्री सोनावालले जनस्तरमै रहेको सम्बन्ध अझै बलियो बनाउँदै आर्थिक समुन्नतिका लागि सहकार्यमा जोड दिए ।

धार्मिक अभियन्ता स्वामी महामण्डलेश्वर कृष्णनन्द परमहंश कालिदास बाबा (कालीबाबा)को निमन्त्रणामा काठमाडौँ आएका मन्त्री सोनोवालले दशमहाविद्या रुद्रहवनमा पनि पूजा आराधना गरे ।

महायज्ञका प्रमुख सल्लाहकार डा.मिलनकुमार थापाका अनुसार धार्मिक पर्यटन प्रवर्द्धन, आर्थिक विकासमा सहकार्य र समुन्नतिको नवीन रुपान्तरणको लक्ष्यका साथ महायज्ञ आयोजना गरिएको हो ।

‘कालीबाबाको निमन्त्रणामा केन्द्रीयमन्त्री सोनावाल काठमाडौँ आएका थिए ।

हाम्रो लक्ष्य नेपालका धार्मिक पर्यटन प्रवर्द्धन गर्न पूर्वाधार विकास गर्नु हो, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ, भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी, रामजानकी मन्दिरसहितका तीर्थस्थलमा आउने श्रद्धालुलाई सहज रुपमा दर्शन गर्न पाउनेगरी समग्र भौतिक पूर्वाधार गर्न पहल थालिएको हो,’ डा. थापाले भने ।

मन्त्री सोनोवालका साथमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी भए ।

यसअघि, डा. थापाको अगुवाइमा ‘पशुपति दर्शन अभियान’ अन्तर्गत २०८१ माघ १ देखि ११ गतेसम्म मुम्बईमा दशमहाविद्या विष्णु सहश्रकोटी हवनमा गरिएको थियो ।

मन्त्री सोनावाल उक्त कार्यक्रममा पनि सहभागी भएका थिए । धार्मिक अभियन्ता कालीबाबाले नेपालको आर्थिक समुन्नतिलाई दृष्टिगत गरेरै महायज्ञमा भारतका मन्त्री र नेताहरूलाई आमन्त्रण गरिएको बताएका छन् ।

‘नेपालमा राजनीतिक स्थिरता, आर्थिक समृद्धि र जनकल्याण होस् भन्ने हाम्रो पवित्र कामना हो ।

नेपाल र भारतका शीर्ष राजनीतिक नेतृत्वबीचको सम्बन्ध अझै प्रगाढ हुँदा दुवै देशलाई लाभ हुन्छ,’ उनले भने ।

महायज्ञमा सहभागी सामाजिक अभियन्ता एवं नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेलले नेपाललाई समृद्ध बनाउनका लागि धार्मिक पर्यटनलाई नवीन सोचका साथ अघि बढाउनुपर्ने बताए ।

यसैगरी, डा. थापाको निमन्त्रणामा धार्मिक अभियन्ता डा. गुरूजी कुमारन स्वामीसहित विभिन्न राज्यबाट धार्मिक अभियन्ता, कलाकार एवं राजनीतिज्ञ पनि महायज्ञमा सहभागी भएका छन् ।

Page Views: 24
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama