Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इजरायल पुगेर विपीनकी आमाले हमासलाई गरिन छोरा फर्काउन आग्रह

- shuvadmin / मङ्गलबार, साउन २८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, छोरा विपीन जोशी रिहाइका लागि सोमबार इजरायल पुगेकी कञ्चनपुरकी पद्‌मा जोशीले रुँदै आफ्ना छोरा छाडिनदिन हमाससँग अनुरोध गरेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पस अध्ययनरत विपीन ‘लर्न एन्ड अर्न’ अर्थात् सिक्दै, कमाउँदै कार्यक्रममार्फत २०८० भदौ अन्तिम साता इजरायल गएका थिए।

तर सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा हमला गर्ने क्रममा इजरायली नागरिकहरूसँगै उनलाई पनि लगेर गाजामा बन्धक बनायो।

विपीन २०८० असोज २० गतेदेखि सम्पर्कविहीन छन्। उनी हमासकै कब्जामा रहेको भनिए पनि जीवित छन् कि छैनन्, अहिलेसम्म पुष्टि हुन सकेको छैन।

यसैबीच उनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन भनी उनका आमा पद्‌मा र बैनी पुष्पा सोमबार इजरायल गएका हुन्।

उनीहरू त्यहाँको बेन गुरियन विमानस्थलबाट बाहिर निस्किनासाथ पत्रकारहरूले घेरेका थिए।

द टाइम्स अफ इजरायलका अनुसार त्यस क्रममा विपिनकी आमा पद्‌माले रुँदै भनिन्, ‘कृपया ! मेरो छोरालाई बचाउनुहोस्।

हमास, (उसलाई) तत्काल घर फिर्ता पठाइदेऊ। कृपया ! (उसलाई) घर फर्काइदेऊ हमास। कृपया ! कृपया१’

विपीनकी बहिनी १७ वर्षीया पुष्पाले समर्थनका लागि इजरायली जनता र इजरायल ल्याइदिने सरकारी अधिकारीहरूलाई धन्यवाद दिइन्।

उनले भनिन्, ‘आफ्नो शैक्षिक कार्यक्रमअन्तर्गत पढ्न इजरायल आएको मेरो दाइ युद्धमा फस्यो जसँग उनको कुनै सरोकार छैन।’

पुष्पाले थपिन्, ‘हामी उनलाई फिर्ता चाहन्छौँ, यो म र मेरो परिवारका लागि अति भयो। लगभग दुई वर्ष भइसक्यो।

उनी त्यहाँ (गाजामा) के गरिरहेका छन्, खाना पाइरहेको छ कि छैन ? औषधि पाइरहेको छ कि छैन ? ’

यसैबीच आज ‘द अस्ट्रेलियन’ पत्रिकाले हमासले बन्धक बनाएका र जीवित रहेको विश्वास गरिएकाहरूको सूची प्रकाशन गरेको छ।

तर, त्यसमा विपिन जोशीको नामरतस्बिर छैन।

Page Views: 75
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama