Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

२७ जनाको नरसंहार भएको गौर घटनाको फाइल खुल्ने, उपेन्द्रसहित १ सय ३० जना अनुसन्धानको ‘राडारमा’

- shuvadmin / बुधबार, भदौ ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सर्वोच्च अदालतले १९ वर्षअघि रौतहटको गौर हत्याकाण्डमा संलग्नहरूमाथि छानबिन गरी आवश्यक कारबाहीको माग गर्दै परेको रिटमा छानबिन अघि बढाउन परमादेश जारी गरेको छ ।

सर्वोच्च अदालतको परमादेशपछि जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्वसभासद् बबन सिंह, मधेस प्रदेशसभाका पूर्वसांसद बाबुलाल साहलगायत १ सय ३० जनामाथि गौर हत्याकाण्डमा अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

पीडितले दिएको जाहेरी तथा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनअनुसार उनीहरूमाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा परमादेश जारी गर्दै घटनाको अनुसन्धान गर्न आदेश दिएको हो ।

गौर हत्याकाण्डको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने मागसहित पीडितहरूले रिट दायर गरेका थिए ।

गौर हत्याकाण्डमा मारिएकाहरूका आफन्तहरूले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभएको भन्दै अनुसन्धान अघि बढाउन आदेश माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

त्यसमा सर्वोच्चले अनुसन्धान गर्न परमादेश जारी गरेको हो ।

२०६३ साल चैत ७ गते रौतहटको गौरमा रहेको राइस मिलमा तात्कालीन मधेसी जनअधिकार फोरम र तात्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा २७ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो ।

हत्यामा तात्कालीन जनअधिकारका अध्यक्षसमेत रहेका उपेन्द्र यादवलगात फोरमसम्बद्ध नेता, कार्यकर्ताको भूमिका रहेको आरोप लाग्दै आएको छ ।

पीडित परिवारका तर्फबाट त्रिभुवन साहले रिट दर्ता गराउनुभएको थियो भने उक्त घटनाको पुनः अनुसन्धान र प्राप्त प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न माग गरिएको थियो ।

मुद्दामा रौतहट प्रहरी, सरकारी वकिल कार्यालय, प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ ।

२७ जनाको नरसंहार हुने गौर घटना के हो ?

२०६३ चैत ७ को दिउँसोको समयमा रौतहटको सदरमुकाम गौरको राइसमिल क्षेत्रमा माओवादी र मधेशी जनअधिकार फोरमले एकै स्थानमा एकै समयमा कार्यक्रम गर्न खोजे ।

दुवै आ आफ्नो जिद्दीमा अघि बढे । स्थानीय प्रशासनले एकै स्थानमा सभा नगर्न अनुरोध ग¥यो तर दुवै पार्टीले मानेनन् ।

फोरमले मैदानको दक्षिण र माओवादीले उत्तरको कुनामा अघिल्लो दिन नै मञ्च बनाए ।

फोरमले सभा शुरू गर्न आफ्ना नेता–कार्यकर्तालाई मञ्चमा बोलाइरहेको थियो । माओवादीका ‘वाईसीएल’ कार्यकर्ता गौर बजार परिक्रमा गर्दै थिए ।

केही बेरपछि वाईसीएल मैदान प्रवेश गरे । आफूतिरको मञ्च भत्किएको देखेर माओवादीले प्रतिरोध गर्न खोज्यो । फोरमका कार्यकर्ता पनि जाइलागे त्यसपछि झडपको अवस्था सिर्जना भयो ।

कार्यक्रम स्थल एकाएक ठूलो झडप, हानाहान र रणभूमिमा परिवर्तन भयो ।

झडपका क्रममा ज्यान जोगाउन भागेकाहरूमाथि फोरमका कार्यकर्ताले जहाँ भेट्यो त्यहीँ खुकुरी, गोली र लाठी, बाँसको फरठा प्रहार गरी निर्मम तरिकाले आफ्ना कार्यकर्ताको हत्या गरेको माओवादीले आरोप लगायो ।

दुवैतर्फबाट झडपसँगै गोली हानाहानसमेत भएको थियो । गौर घटनापछि मानव अधिकारवादी संस्था इन्सेकले तयार पारेको स्थलगत अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘मृतकहरू सबैको टाउकोमा गहिरो चोट देखिन्थ्यो ।

उनीहरूलाई बाँसको भाटा, ढुंगा र इँटा प्रहार गरिनुका साथै आगोसमेत लगाइएको छ ।’ सो घटनामा ५ महिलासहित २७ माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

घटनामा मृत्यु भएकाको शव गौर नगरपालिका र बाहिर ७ स्थानमा फेला परेको थियो । नेपाल रेडक्रस र प्रहरीले धेरैजसो शव नालीबाट निकालेको थियो ।

घटनापछि त्यहाँ पुग्नुभएका तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले दोषीउपर छानबिन गरी कारबाही गरेरै छाड्ने बताए ।

घटनाको भोलिपल्ट गृह मन्त्रालयले यो अत्यन्त ठूलो र हिंस्रक आपराधिक घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध छ भनेर विज्ञप्ति निकाल्यो ।

सरकारले तत्कालै छानबिन गर्न पुनरावेदन अदालत पाटनका तात्कालीन न्यायाधीश हरिप्रसाद घिमिरेको संयोजकत्वमा उच्चस्तरीय छानबिन टोली गठन ग¥यो ।

तर, विडम्बना सो समितिको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । घटनाको ९ महिनापछि सरकारले मृतक परिवारलाई १० लाखका दरले क्षतिपूर्ति दिएको थियो ।

Page Views: 69
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama