Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, जेठ ०६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

निजामती सेवा विधेयकको प्रस्तावना, नाम र लागू हुने समय प्रतिनिधिसभाकै कायम

- shuvadmin / बुधबार, भदौ ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, संघीय निजामती सेवा विधेयकको प्रस्तावना, नाम र ऐन तुरुन्तै लागू हुने व्यवस्था कायम गरिएको छ ।

प्रतिनिधिसभाबाट सर्वसम्मत पारित उक्त विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा बुधवारदेखि शुरु भएको दफावार छलफलका क्रममा प्रतिनिधि सभामा पारित भएको विधेयकको प्रस्तावना र ऐन तुरुन्तै लागू हुने व्यवस्था जस्ताको त्यस्तै पारित गरेको हो ।

कतिपय सांसदले विधेयक प्रमाणीकरण भएको एक महिनापछि लागू हुने व्यवस्था गर्न माग गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, मन्त्रालयका सहसचिव, कानून मन्त्रालयका सहसचिव लगायतले तुरुन्तै लागू गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएपछि बैठकले सर्वसम्मतबाट प्रतिनिधि सभाबाट पारित भएको व्यवस्थालाई नै कायम गरेको हो ।

प्रतिनिधि सभाबाट पारित विधेयकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, जनउत्तरदायी, समावेशी पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री र व्यावसायिक बनाउँदै सुशासनयुक्त संयन्त्रको रूपमा विकास गर्न वाञ्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको उल्लेख छ ।

दफा १ मा ऐनको नाम संघीय निजामती सेवा ऐन, २०८२ रहेको छ भने ऐन तुरुन्तै लागू हुने भएको छ ।

Page Views: 35
संबन्धित शिर्षकहरु
ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
ताजा अपडेट
  • ग्रे लिस्टबाट देशलाई बाहिर निकाल्छाैँ : अर्थमन्त्री वाग्ले
  • हुम्लामा बाढी पहिरोले ठूलाे क्षति
  • आज पनि केहि भु-भागमा मेघगर्जन र चट्याङसहित वर्षा
  • भिजिट भिसा प्रकरणका साक्षीउपर मुद्दा
  • महिला आयोग नारायणहिटीमा सर्दै
  • विद्या भण्डारीलाई पार्टी सदस्यता
  • कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama