Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ १५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

असोज १ गतेदेखि सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट

- shuvadmin / बुधबार, भदौ ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सरकारले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने बाध्यकारी नियम लागू गर्ने भएको छ।

यातायात व्यवस्था विभागले मंगलबार सूचना जारी गरेअनुसार सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयमा गई सवारी दर्ता, नामसारी र नवीकरण गर्ने बेलामा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जानकारी दिएको हो।

गत साउन २० मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले सवारीधनीले अनिवार्यरूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो।

‘सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यलयमा गई सवारी दर्ता, नामसारी र नवीकरण गर्ने बेला अनिवार्यरूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्नेछ,’ सूचनामा छ, ‘सबै सवारीधनीले यथाशीघ्र सम्बन्धित कार्यालयहरूबाट नम्बरप्लेट जडान गर्नुहुन यसै सूचनामार्फत जानकारी गराइन्छ ।’

विभागका अनुसार सरकारले इम्बोस्ड नम्बरप्लेट जडानका लागि सवारीसाधनपिच्छे फरक–फरक मूल्य पनि तोकेको छ।

मोटरसाइकल र स्कुटरका लागि २ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। तीनपांग्रे सवारीका लागि २ हजार ९ सय रुपैयाँ, चारपांग्रेलाई ३ हजार २ सय रुपैयाँ र ठूला सवारीसाधनका लागि ३ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

इम्बोस्ड नम्बरप्लेटमा लेखिएका अक्षर मेसिनबाटै छापिएर आउनेछ। इम्बोस्ड नम्बरप्लेट जडान गरिसकेपछि सवारीसाधन चोरीका घटना घट्दै जाने विभागको दाबी छ।

कर तिर्न नमान्ने सवारीधनीलाई कर तिर्न सहजीकरणसमेत गर्ने विभागले जानकारी दिएको छ।

Page Views: 93
संबन्धित शिर्षकहरु
प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
अशक्त माइलीलाई घरमै नागरिकता
ताजा अपडेट
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
  • देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा
  • अर्को सूचना जारी नभएसम्म चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग बन्द
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama