Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पूर्वराष्ट्रपति भण्डारीको थापागाउँमा सम्पर्क कार्यालय स्थापना

- shuvadmin / बिहिबार, भदौ ०५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सम्पर्क कार्यालय स्थापना गरेकी छन्। काठमाडौँको नयाँ बानेश्वरस्थित थापा गाउँमा कार्यालयको स्थापना गरिएको हो।

‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट उक्त भवनको उद्घाटन गरिएको हो। भवनको उद्घाटन मदन पत्नी विद्याले गरिन्।

पार्टी राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेकी पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको संगठन र जनताको बहुदलीय जनवाद (जबज) को विस्तार गर्न भन्दै आफ्नै संरक्षकत्वमा बेग्लै संयन्त्रको अभ्यास सुरू गरेकी हुन्।

उक्त संयन्त्रका लागि पूर्वराष्ट्रपति भण्डारीले आफ्ना पति एवम् नेकपा (एमाले) का तात्कालीन महासचिव मदन भण्डारीले २०४८ सालमा चुनावी कार्यक्रमका लागि सम्पर्क कार्यालय खोलेको घरलाई नै सम्पर्क कार्यालयका रुपमा रोजेकी छन्।

बानेश्वरस्थित थापागाउँको लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयको रुपमा उद्घाटन गरिएको छ।

Page Views: 57
संबन्धित शिर्षकहरु
काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
देशका विभिन्न राजमार्गहरू अवरुद्ध
फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
ताजा अपडेट
  • काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
  • देशका विभिन्न राजमार्गहरू अवरुद्ध
  • फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
  • म्याग्दीमा ८ थान भरुवा बन्दुक बरामद
  • प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ : हर्कराज राई
  • पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
  • बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
  • पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama