Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, चैत २९, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रोजगारीमा इजरायलको आकर्षण, सरकारी ढिलासुस्तीले कोटा गुम्ने खतरा

- shuvadmin / शुक्रबार, भदौ ०६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पछिल्लो समय नेपाली युवालाई इजरायलमा कामका लागि पठाउने कि नपठाउने भन्ने विषयमा नेपाल सरकार दुबिधामा छ ।

विशेष गरी २०८० असोज २० गते इजरायलको दक्षिणी भू-भागमा हमास लडाकूबाट आक्रमणपछि त्यहाँ सृजित युद्धरत अवस्थाका कारण नेपाल सरकार दुबिधामा परेको हो ।

सोही आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । छ जना घाइते भए भने हमासले बन्धक बनाएर लगेका विपिन जोशीको अवस्था अझै अज्ञात छ ।

ती सबै नेपाली युवा नेपाल र इजरायल सरकारको सम्झौता अनुसारको सिक र कमाऊ परियोजना अन्तर्गत कृषि प्रविधिको अध्ययनसँगै व्यावहारिक सिप सिक्न त्यहाँ पुगेका थिए ।

पढ्दै र काम सिक्दै कमाउँदै गर्दा ज्यान गुमाउन पुगेका १० नेपाली विद्यार्थीको परिवारका लागि इजरायल सरकारले आफ्नै नागरिक सरह भरणपोषणका व्यवस्था गर्दै आएको छ ।

काठमाडौँस्थित इजरायली दूतावासका उपप्रमुख (डीसीएम) जनान बिबरका अनुसार घाइतेले पूर्ण स्वास्थ्य लाभ नगरेसम्मको जिम्मेवारी पनि इजरायल सरकारले लिएको छ ।

उनीहरूमध्ये कसैले इजरायलका विश्वविद्यालयमा उच्च अध्ययन गर्न चाहेमा पूर्ण छात्रवृत्ति दिने योजनासमेत रहेको छ । हाल त्यस्ता घाइते एक जनाले पूर्ण छात्रवृत्तिमा त्यहाँ अध्ययन गरिरहेका छन् ।

हमासको आक्रमणपछि इजरायल र इरानबिच आक्रमण प्रत्याक्रमण हुन थालेपछि त्यहाँ रहेका स्वदेश फर्कन चाहने नेपाली कामदारलाई स्वदेश फर्कन सरकारले सहयोग गरेपछि कतिपय नेपाली फर्के तर कतिपय फर्कन चाहेनन् ।

नेपाल फर्केका पनि पुनः कामका लागि त्यहीँ पुगेका छन् । झापाकी गीता दाहाल नेपाल पुगेर पुनः कामका लागि भर्खरै फर्किएको बताइन ।

उनले भनिन्, “वैदेशिक रोजगारीमा जान चाहने महिलाका लागि अन्य देशमा भन्दा इजरायलमा अत्यन्तै सुविधा, सुरक्षा र सम्मान छ ।

यहाँको सरकारले कामलाई सम्मान गर्ने भएकाले इजरायली नागरिक र विदेशी नागरिकलाई दिने सेवा सुविधामा कुनै विभेद छैन ।”

इजरायलमा साढे सात वर्षदेखि कार्यरत झापाकै गीता पौडेल पनि घरेलु श्रमिकका रूपमा काम गर्दै आएकी छन् ।

उनी पनि अत्यन्तै सम्मानजनक रूपमा आफूले काम गरिरहेको बताउँछिन ।

ज्येष्ठ नागरिकको सहयोगीका रूपमा काम गर्दै आएकी गीता वैदेशिक रोजगारी जान चाहने नेपाली महिलाले केही सीप र भाषा सिकेर आएमा कुनै समस्या नपर्ने बताउँछिन ।

उनी भन्छिन “महिलाका लागि खाडी मुलुकभन्दा यहाँ अत्यन्तै सुरक्षित छ ।”

२०८२ असार १० गते युद्धविराम भएपछि अझै धेरै नेपाली कामदारको अपेक्षा इजरायल सरकारले राखेको छ ।

यद्यपि नेपाल सरकारले त्यसमा तत्परता नदेखाएको नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बास बताउँछन् ।

उनले सरकार–सरकार (जिटुजी) मार्फत सञ्चालन हुँदै आएको नेपाली विद्यार्थीलाई इजरायलमा सिक र कमाउन योजना अन्तर्गत लैजाने कार्यक्रममा नेपाल सरकारबाट निर्णय गर्न भएको ढिलाइका कारण त्यो कोटा नै गुम्ने अवस्थामा रहेको बताए ।

उनले भने , “सिक र कमाऊ परियोजनाका विषयमा नेपाल सरकारले समयमा निर्णय नगरेमा हामी यो कोटा अन्य देशमा सार्न बाध्य हुन्छौँ ।

यस विषयमा उनले नेपालका परराष्ट्रमन्त्री र शिक्षामन्त्रीसँग पनि बारम्बार भेट गरेर तत्परताका लागि आग्रह गरिसकेको बताए ।

उनले भने , “तर हामीले चाहे जस्तो तदारुकता नेपालका जिम्मेवार पदाधिकारीले देखाउनुभएको छैन ।”

सन् २०२० देखि हालसम्म इजरायलमा करिब दुई हजार नेपाली जिटुजीमार्फत केयरगिभरमा गएका छन् ।

अहिले पनि एक हजार जनालाई लैजाने तयारी भइरहेकोमा एक हजार २६३ जना छनोट हुन सफल भएका छन् ।

हालसम्म ८१० जनाको भिषा आइसकेको र केहीको आउने क्रममा रहेको वैदेशिक रोजगार विभागको जिटुजी सहजीकरण शाखाले जनाएको छ ।

इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित इजरायलमा १४ हजारभन्दा बढी केयरहोम रहेको र त्यसका लागि ठूलो सङ्ख्यामा केयरगिभर पनि आवश्यक भएकाले नेपाली केयरगिभरलाई अवसर भएको बताउँछन् ।

नेपाल सरकारबाट निर्णयमा भएको ढिलाइका कारण त्यो अवसर श्रीलङ्कालीले पाइरहेको उनको भनाइ छ ।

उनले भने , “नेपालसँग इजरायलले एक हजार कामदार मागेको थियो । नेपाल सरकारको काम गराइमा भएको आलटालका कारण त्यो अवसर श्रीलङ्कामा गयो ।

अब पुनः प्रक्रिया सुरु भएकाले छिट्टै केही नेपाली इजरायलमा पुग्ने छन् ।”

इजरायलका वृद्धाश्रममा काम गर्न गएका निकै सन्तुष्ट देखिन्छन् । एनआरएन इजरायलकी सदस्यसमेत रहेकी मञ्जु भुजेल भने , “हामी यहाँ निकै सन्तुष्ट छौँ ।

काम गर्ने तौरतरिका सिकेपछि धेरै सजिलो हुन्छ । हामी नेपालीप्रति इजरायलीले ठूलो विश्वास र भरोसा देखाउँछन् ।”

उनका अनुसार इजरायलका अग्रजले नजानेका कुरा अत्यन्तै सहज तरिकाले सिकाउँछन् ।

बस्ने र खाने प्रबन्ध पनि अत्यन्तै राम्रो छ । यहाँको प्रोटोकललाई मानेर बस्ने र काम गर्ने गर्दा कुनै समस्या हुँदैन ।

अनुभवीका अनुसार काम गर्ने स्थानमा कुनै विभेदको महसुस भएमा वा अन्यायमा परेमा वकिल राखेर मुद्दा लड्न सकिन्छ ।

कामदारले मासिक साढे दुई लाखदेखि ओभरटाइममा समेत काम गर्दा त तीन लाख नेपाली रुपियाँ कमाउँछन् ।

सरकारी तवरबाट जाने हुँदा त धेरै खर्च पनि हुँदैन । तर, काम भने जम्मा पाँच वर्ष मात्र गर्न पाइन्छ । पाँच वर्षमा बल्ल केही सिप सिकेर कमाइ राम्रो गर्न थाल्दा फर्किनुपर्ने हुन्छ ।

त्यही सीप लिएर नेपाल फर्कंदा नेपालमा त्यस्तो काम पाइँदैन । त्यसैले यस्तो काममा आएकाको समय थप गर्न पनि नेपाल सरकारले पहल गरिदियोस् भन्ने माग मञ्जुको छ ।

उनीसँगै माग गर्दै आएका अन्य ११ नेपाली युवाले पनि काम गर्ने अवधि थपिदिए आफूहरूलाई सहज हुने माग गरेका छन् ।

यसबाहेक इजरायल सरकारले इजरायल्स एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट को-अपरेसन (मसाभ) अन्तर्गत बालविकास, शिक्षा, स्वास्थ्य, दूरसञ्चार, वातावरण संरक्षणलगायत विविध क्षेत्रमा इजरायली विज्ञता र प्रविधिको आदनप्रदानका लागि अल्पकालीन र लामो अवधिका तालिम र गोष्ठीमा नेपालका विभिन्न क्षेत्रका मानिसलाई अवसर प्रदान गर्दै आएको छ ।

यसरी इजरायल पुगेर तालिम लिनेको सङ्ख्या पनि नेपालमा तीन हजारभन्दा बढी भइसकेको इजरायली दूतावासले जनाएको छ ।

Page Views: 31
संबन्धित शिर्षकहरु
भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
ताजा अपडेट
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन
  • राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ
  • सरकारले कर छुट दिँदा पनि किन बढ्यो इन्धनको मूल्य ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama