Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ १५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नक्कली प्रमाणपत्र किनबेचको आरोपमा रास्वपाका बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक कँडेल प्रहरी नियन्त्रणमा

- shuvadmin / शुक्रबार, भदौ ०६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेल पक्राउ परेका छन्।

उनले सञ्चालन गर्ने इन्स्टिच्युटले नक्कली प्रमाण पत्र किन्ने गरेको पाइएपछि रुपन्देही प्रहरीले पक्राउ गरेको डीएसपी सुरज कार्कीले बताए।

यसअघि भदौ १ गते रुपन्देही सिद्धार्थनगर नगरपालिका १ बेलहिया बसपार्कबाट भारतीय नागरिक २५ वर्षका अभिषेक यादव पक्राउ परेका थिए।

उनको साथबाट नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा विश्वविद्यालयहरुका नक्कली शैक्षिक प्रमाणपत्रहरु, स्टाम, होलोग्राम तथा स्टिकरहरु प्रहरीले बरामद गरेको थियो।

उनले प्रहरीसँग ती कागजात तथा सामाग्री कँडेलले माग गरेको बयान दिएका छन्।

त्यसपछि उक्त कार्यालयका सञ्चालक चितवनको कालिका नगरपालिका ५ बस्ने ५० वर्षका हरिप्रसाद कँडेललाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ।

उनलाई बिहीबार पक्राउ गरेर रुपन्देही लगिसकिएको छ। कँडेलले माग गरेपछि भारतीय नागरिकले ती प्रमाण पत्र भारतमै छापेर नेपाल ल्याएको खुलेको छ।

चितवनको लायन्स चोकमा कार्यालय खोलेका कँडेलले नक्कली प्रमाणपत्र किनबेच गर्ने गरेको पाइएको हो।

Page Views: 108
संबन्धित शिर्षकहरु
भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
ताजा अपडेट
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
  • देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा
  • अर्को सूचना जारी नभएसम्म चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama