Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

फोटोमा पशुपतिमा तीजका व्रतालु महिलाको घुइँचो

- shuvadmin / मङ्गलबार, भदौ १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आज देशभर हिन्दू नारीहरूले हरितालिका तीज पर्व मनाइरहेका छन् ।

विशेष गरी विवाहित महिलाले आफ्नो श्रीमानको लामो आयुको कामना गर्दै र अविवाहित महिलाले राम्रो वर पाऊँ भनी व्रत बस्ने चलन रहेको यस पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ।

पशुपतिनाथ मन्दिर परिसरमा हरेक वर्ष तीजको दिन अत्यधिक भीड हुने भए तापनि यस वर्ष भने विगतका वर्षहरूमा जस्तो लामो लाइन देखिएको छैन।

यसपालि व्यवस्थापन पक्षले केही नयाँ उपायहरू अपनाएका कारण सहज रूपमा दर्शन गर्न सकिएको भक्तजनहरूले बताएका छन् ।

यस वर्ष पशुपतिमा पहिलो पटक मुख्य गेटमा कृत्रिम वाटर ड्रपलेट राखिएको छ । यसले गर्दा लामो समय लाइनमा बस्ने भक्तजनहरूलाई गर्मीबाट राहत मिलेको छ ।

मन्दिरको प्रवेश द्वारदेखि नै सहज र व्यवस्थित तरिकाले दर्शनको लागि लाइन मिलाइएको छ।

तीजको अवसरमा काठमाडौँ उपत्यकाका अन्य शिवालयहरूमा पनि भक्तजनहरूको उपस्थिति उल्लेख्य रहेको छ ।

blog

सुरक्षा व्यवस्था चुस्त बनाइएको र स्वयंसेवकहरू परिचालन गरी भक्तजनलाई सहयोग गरिएको देखिन्छ।

Page Views: 28
संबन्धित शिर्षकहरु
त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
ताजा अपडेट
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama