Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अमेरिकाको टेक्सासमा युनाइटेड इस्टेट इलाइट अवार्ड पाउने पहिलो नेपाली बने बस्नेत

- shuvadmin / शनिबार, भदौ १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जितमान बस्नेतले अमेरिकाको टेक्सासमा ुयुनाइटेड इस्टेट इलाइट अवार्डु पाउने पहिलो नेपाली बनेका छन्।

उनी नर्थ क्यारोलिनामा ४ वर्षदेखि उत्कृष्ट रियल्टर अवार्ड पाउँदै आएका छन् र ४५० भन्दा बढी घर किनबेच गरिसकेका छन्।

बस्नेतले मेची/महाकाली सेतो छडी अभियानमार्फत दृष्टिविहीनलाई निःशुल्क सामग्री उपलब्ध गराउँदै आएका छन्।

रुमानी सपना पछ्याएर अमेरिका छिर्दा सोलुखुम्बु लिखुपिकेका बस्नेतले यसै वर्षमात्र अमेरिकाको टेक्सासमा उनले ‘युनाइटेड इस्टेट इलाइट अवार्ड’ हात पारे ।

बहुराष्ट्रिय कम्पनी युनाइटेड रियल स्टेटले टेक्सासको ड्यालसमा आयोजना गरेको एक समारोहबीच उनलाई सम्मान गरिएको थियो ।

उनले ३/४ वर्ष यता पाएको सफलता धेरै नेपालीका लागि प्रेरणादायी छ ।

घरजग्गा कारोबार (रियलस्टेट)को क्षेत्रमा छोटो अवधिमै हात पारेको सफलता निकै लोभ लाग्दो छ ।

यो सम्मान पाउने बस्नेत पहिलो नेपाली हुन् । उनी अमेरिकाका २५ हजार रियल्टर मध्येबाट सम्मानका लागि छनोटमा परेका थिए ।

विगत ४ वर्षदेखि निरन्तर नर्थ क्यारोलिनामा उत्कृष्ट रियल्टरको अवार्ड पाउँदै आएका बस्नेत इलाइट अवार्ड प्राप्त गर्ने नर्थ क्यारोलिना राज्यकै पहिलो रियल्टर पनि हुन ।

त्यसो त सन् २०२४ वर्ष उत्कृट रियल्टरको अवार्ड यही ४ मार्चमा रालेमा सम्पन्न एक समारोहबीच बस्नेतले थापे ।

मिलेनियम क्लब एलाइट अवार्ड २०२४, टप एजेन्ट अवार्ड ट्रान्ज्याक्सन २०२४, टप एजेन्ट अवार्ड सेल्स भोल्युम २०२४ गरी ३ वटै विधाका अवार्ड आफ्नो पोल्टामा पारेका थिए बस्नेतले ।

रालेको युनाइटेट रियलस्टेट ट्रयांगल नामक कम्पनीमा आबद्ध भएर काम गरिरहेका बस्नेतसँगै यस कम्पनी अन्तर्गत २५ हजार रियल स्टेट एजेन्ट छन् ।

२०२२, २०२३ र २०२४ तीनै वर्ष उनले आफ्नै कम्पनीभित्र सबैभन्दा धेरै कारोबार गर्ने श्रेष्ठ एजेन्टको उपाधि लगातार जित्दै अभूतपूर्व कीर्तिमान स्थापित गरे ।

‘अमेरिकामा करिब ४५० भन्दा बढी नेपाली तथा नेपालीभाषीहरू रियल्टरको रूपमा काम गर्दै आएको अनुमान छ ।

कतिपयले भने आफ्नै रियल स्टेटको ब्रोकरेज कम्पनी स्थापना गरेर कारोबार गरिरहेका छन् ।

Page Views: 58
संबन्धित शिर्षकहरु
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
ताजा अपडेट
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama