Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मिर्गौला तस्करीको जालो दिल्लीसम्मै, सेटिङमा सय बढीको मिर्गौला बेचिएको आशंका

- shuvadmin / सोमबार, भदौ १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रहरीले मिर्गौला तस्करीको जालो भारतको दिल्लीसम्मै रहेको निष्कर्ष निकालेको छ ।

मिर्गौला तस्करीको ठूलो गिरोह रहेको सूचनाका आधारमा प्रहरीले केही समय अघिदेखि ‘अपरेसन लाइफ सिल्ड’नै सञ्चालन गरेको थियो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले सो अप्रेसनका क्रममा मिर्गौला तस्करीका मुख्य नाइकेमध्येका एक श्यामकृष्ण भण्डारीलागयत थप दुई जनालाई पक्राउ गरेको छ ।

यो गिरोहले १ सयभन्दा बढी जनाको मिर्गौला बेचेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

भारतको दिल्ली लगेर नेपाली नागरिकको मिर्गौला बेच्ने गिरोहका नाइके भण्डारीसहित थप दुई जनालाई पक्राउ गरे पनि अन्य थप गिरोहको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोको विशेष टोलीले कञ्चनपुर र वीरगञ्ज नाकाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

ब्युरोका अनुसार सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट र धादिङका गाउँहरूमा पुगेर विभिन्न प्रलोभनमा पार्दै नेपालीलाई भारत पु¥याएर मिर्गौला बेच्ने गिरोहलाई लामो समयदेखि निगरानीमा राखिएको थियो ।

गिरोहविरुद्ध हालसम्म ४ वटा मुद्दा दर्ता भएका छन् भने ५ जना पीडितले जाहेरी दिएका छन् ।

अनुसन्धान प्रारम्भिक नतिजाअनुसार गिरोहले मिर्गौला दिन तयार हुने व्यक्तिलाई आफैंले गाडीको व्यवस्था गरी भारतको नयाँदिल्लीसम्म पु¥याउँदै आएको छ ।

त्यहाँ पु¥याएपछि होटलमा राख्ने, खानपान र आवासको व्यवस्था गर्ने, चिकित्सकलाई बोलाएर रगत परीक्षण गर्ने काम भण्डारीले आफैं मिलाउने गरेको बयानमा खुलेको छ ।

गिरोहले पीडितलाई ६ लाख भारतीय रुपियाँ दिने प्रलोभनमा पार्ने गरेको पाइएको छ । तर, एक पीडितले भने वास्तविकतामा केवल ५ हजार रुपियाँमात्र पाएको बयान दिएको ब्युरोले जनाएको छ ।

प्रलोभनमा परेका व्यक्तिलाई दिल्लीमा लगेर बेहोस पार्ने, आँखामा पट्टी बाँधेर अस्पतालमा ३÷४ दिन राख्ने र त्यस अवधिमा मिर्गौला निकाल्ने गरिएको अनुसन्धानबाट पुष्टि भएको छ ।

त्यसपछि पीडितलाई पुनः नेपाल फर्काइने र नाइकेले ठूलो रकम हात पार्ने गरेको देखिएको छ ।

श्यामकृष्ण भण्डारीले प्रारम्भिक बयानमा आफूले कम्तीमा २५ जनाको मिर्गौला झिकाउने कार्यमा संलग्न भएको स्वीकार गरेका छन् ।

तर, प्रहरी अनुसन्धानमा यो संख्या १ सयभन्दा बढी हुन सक्ने आशंका गरिएको छ ।

भारतको ग्रेटर नोयडास्थित यथार्थ हस्पिटल र विभिन्न क्लिनिकका कर्मचारी तथा एजेन्टसँग सेटिङ गरी उनीहरूले मिर्गौलाको तस्करी गर्दै आइरहेको पाइएको हो ।

ब्यूरोका अनुसार भण्डारीलाई कञ्चनपुर नाकाबाट र उनको सहयोगी सुजन भारतीलाई वीरगञ्ज नाकाबाट पक्राउ गरिएको हो ।

यसअघि नै गत साउन २० गते समूहका अन्य तीन सदस्यहरू पक्राउ परेका थिए । पीडितको जाहेरी र पहिले पक्राउ परेकाहरूको बयानका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

यसै क्रममा मुख्य नाइकेलाई समेत नियन्त्रणमा लिन प्रहरीले सफल कारबाही गरेको हो ।

नेपालमा अंग बेचबिखनको समस्या नयाँ होइन । गत दुई दशकयता निर्धन र विपन्न समुदायका मानिसहरूलाई प्रलोभनमा पारेर भारत लग्ने घटना बारम्बार सार्वजनिक हुँदै आएका छन् ।

खासगरी सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोटलगायतका जिल्लाहरूलाई मिर्गौला तस्करीको ‘हटस्पट’ मानिन्छ ।

सन् २००७÷०८ तिर पहिलोपटक काभ्रेपलाञ्चोकका दर्जनौं व्यक्तिको मिर्गौला बेचिएको समाचार सार्वजनिक भएपछि राज्यले यसलाई गम्भीर रूपमा लिन थालेको थियो ।

यद्यपि, त्यसयता पनि विभिन्न सञ्जाल सक्रिय रहेकै तथ्य खुलेका छन् । गत वर्षमात्रै सिन्धुपाल्चोकबाट ४ जनाको मिर्गौला बेचिएको घटनामा प्रहरीले अनुसन्धान थालेको थियो ।

तर, गिरोहलाई पूर्ण रूपमा नियन्त्रणमा लिन नसक्दा अहिले फेरि सक्रिय भएको पाइएको छ ।

यसपटक पक्राउ परेका नाइके भण्डारी यस क्षेत्रमा लामो समयदेखि क्रियाशील प्रमुख योजनाकार मानिन्छ ।

नेपालमा अंग बेचबिखनविरुद्ध कडा कानुन भए पनि कार्यान्वयनमा कमजोरी रहेको विशेषज्ञहरूको भनाइ छ ।

पीडितहरू प्रायः विपन्न, अशिक्षित र ग्रामीण भेगका हुने हुँदा न्याय खोज्न कठिनाइ हुने गरेको मानव बेचबिखनविरुद्धको अभियानमा लामो समयदेखि संस्था नै खोलेर लागेकी अभियन्ता चरिमाया तामाङ बताउँछिन् ।

यसपटकको अनुसन्धानपछि राज्यले पीडितलाई क्षतिपूर्ति दिने र भविष्यमा यस्ता अपराध रोक्ने प्रतिबद्धता जनाएको छ ।

तर, सामाजिक अभियन्ताहरू भने निरन्तर निगरानी, सीमानाका कडाइ र स्थानीय तहमा जनचेतना आवश्यक रहेको बताउँछन् ।

नेपाल प्रहरीले थालेको ‘अप्रेसन लाइफ सिल्डबाट मिर्गौला बेच्ने गिरोहको जालो भण्डाफोर भएपछि पुनः अंग बेचबिखनको संवेदनशील समस्या सतहमा आएको छ ।

श्यामकृष्ण भण्डारीजस्ता नाइकेलाई नियन्त्रणमा लिनु ठूलो उपलब्धि भएपनि यो सञ्जाल पूर्ण रूपमा नियन्त्रणमा आउन अझै चुनौतीपूर्ण देखिन्छ ।

विशेषज्ञहरूको भनाइमा, जबसम्म विपन्न समुदायलाई रोजगारी, शिक्षा र स्वास्थ्य सुरक्षामा पहुँच बढाइँदैन, त्यति बेलासम्म अंग बेचबिखनजस्ता अपराध पुनः दोहोरिन सक्ने खतरा रहिरहन्छ ।

प्रहरीका अनुसार पक्राउ परेकाविरुद्ध संगठित अपराध ऐनअन्तर्गत कारबाही थालिएको छ ।

सो ऐनअन्तर्गत मानव बेचबिखन र गैरकानुनी रूपमा अंग बेचबिखनमा संलग्नलाई १० वर्ष कैद र २ लाख रुपियाँदेखि ५ लाखसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ ।

संगठित अपराध निवारण ऐन २०७० बमोजिम सम्बद्ध कसूरमा तोकिएको सजायमा डेढी बढाइ सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ ।

यसअघि सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेल प्रहरीको सम्पर्कमा आएपछि अनुसन्धान गर्दै जाँदा राकेश नेपाली, समीर नेपाली र कुमार भन्ने राजकुमार नेपाली पक्राउ परेका थिए ।

Page Views: 29
संबन्धित शिर्षकहरु
बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
हावाहुरीसहित वर्षाकाे सम्भावना
ताजा अपडेट
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद
  • नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
  • काेशी र गण्डकीमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षाकाे सम्भावना
  • मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama