Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ १५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बीपी राजमार्ग भदौभर दिउँसो मात्र खुल्ने, दशैंलाई सहज बनाउन ३५ मशिन तयारी अवस्थामा

- shuvadmin / सोमबार, भदौ १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राजधानी काठमाडौंसँग पूर्वी तराई र मधेश प्रदेशलाई जोड्ने व्यस्त बीपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दिबास सडक) अहिले आंशिक मात्र खुला छ ।

जोखिमका कारण गत असार ७ गतेयता साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

भदौ १५ गतेसम्मको समय सीमा राखेर लगाइएको रोक यसपछि पनि जारी रहने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले यसअघि गरिएको निर्णय अझै कायमै रहने बताए ।

‘जोखिम उस्तै छ, कम भएको छैन । हामीले काभ्रे भञ्ज्याङबाट साँझ ५ बजेसम्म मात्र गाडी छाड्ने हो भने उज्यालो छँदै उक्त गाडीले जोखिमयुक्त क्षेत्र पार गर्न सक्छ भनेर त्यस्तो निर्णय गरेका थियौं । उक्त निर्णय यो महिनाभरि कायमै रहनेछ ।’

उनले दशैं अघिसम्म जुनसुकै समयमा पनि दोहोरो आवतजावत हुने गरी सडक खुलाउन प्रशासन कार्यालय प्रतिबद्ध रहेको बताए ।

यता सडक विभागले दशैंमा पूर्ण रूपमा राजमार्ग खुलाउने तयारीस्वरूप ३५ वटा भारी मशिन तैनाथ गरेको छ ।

चेन स्काभेटर, ह्वील स्काभेटर, ह्वील लोडर, चेन बुल डोजर, टिपर र फ्ल्याट ट्रेलर गरी ३५ वटा ठूला मशिनहरू तयारी अवस्थामा राखिएको प्रवक्ता प्रभातकुमार झाले बताए ।

विभाग आफैंले २२ र ठेकेदार कम्पनीहरूले १३ वटा मशिन तयारी अवस्थामा राखेका छन् ।

‘आवश्यक पर्नेबित्तिकै हामीले ती मशिन चलाएर बाटोमा आउन सक्ने सम्भावित अवरोध हटाउँछौं,’ प्रवक्ता झाले भने ।

काभ्रे र सिन्धुलीका जोखिमयुक्त क्षेत्रमा तत्काल खटाइएका यी मशिनले अस्थायी राहत दिन सक्ने भए पनि दीर्घकालीन समाधान भने अझै केही वर्ष हुने देखिन्न ।

यस्तो छ ठेक्का प्रक्रिया

गत सालको असोज १२ गते आएको भीषण वर्षाका कारण १६० किलोमिटर लामो राजमार्गको विभिन्न खण्डमा क्षति पुगेको छ ।

त्यतिबेला राजमार्गको चौकीडाँडा–नेपालथोक खण्डको २९ किलोमिटरमा बाढीले क्षति पुर्‍याएको थियो भने करिब १७ सय मिटर सडक पूर्णरूपमा ध्वस्त भएको थियो ।

कालढुंगा, बोक्सीकुना, थली बेसी, नार्के पुल र चौकी डाँडामा रोशी खोलाले सडकलाई पूर्णरूपमा नष्ट गरेको थियो, जसमध्ये चौकी डाँडामा ५०० मिटर सडक सबैभन्दा बढी प्रभावित भयो ।

Page Views: 89
संबन्धित शिर्षकहरु
भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
ताजा अपडेट
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन
  • देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा
  • अर्को सूचना जारी नभएसम्म चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama