Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरूको साझा थलो : राष्ट्रपति पौडेल

- shuvadmin / सोमबार, भदौ १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससहित साहित्य, कला, सङ्गीत, संस्कृति क्षेत्र अर्थात् प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८२ का विजयी कविहरूलाई पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरूको साझा थलो भएको बताएका हुन् ।

राष्ट्रपति पौडेलले भने , ‘‘संसारको सर्वोच्च शिखर सगरमाथालगायतका उच्च हिमशृङ्खलाले सुशोभित, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि अनि कहिल्यै पराधीन नभएको स्वाधीन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको महत्त्वपूर्ण भूमिका रहन्छ ।’’

राष्ट्रपति पौडेलले नेपाली जनताको लामो त्याग र सङ्घर्षबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रूपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठान कै भएको बताउँदै प्रज्ञा प्रतिष्ठानले आफ्नो दायित्व कुशलतापूर्वक वहन गर्न सक्षम र सफल हुने विश्वास व्यक्त गरे ।

उनले साहित्यलाई भाषाको कलात्मक अभिव्यक्ति भन्दै वास्तवमा भाषा, साहित्य भनेको देशको ढुकढुकी, पहिचान र आत्मा हो भने ।

राष्ट्रपति पौडेलले भने , ‘‘साहित्य र समाज एक अर्काका पूरक हुन् । यो ज्ञान, संस्कार, संस्कृति र जीवन हो ।

यसले दिने शिक्षा, सन्देश, चेतना, विचार र विवेचना अपरिमित छ । त्यसैले हरेक मानिसको जीवनमा भाषा, साहित्य, संस्कृति, दर्शन अत्यावश्यक छ ।’’

राष्ट्रपति पौडेलले अनुमप भौगोलिक विविधतासहित विभिन्न जातजाति, भाषा, संस्कृति, परम्परा रहेको नेपाल जस्तो देशको शान र पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृतिहरू भएको बताए ।

उनले भने – ‘यसको संरक्षण, संवर्धन र विकासमा जुट्नु हाम्रो साझा दायित्व हो ।

सरकारले पनि प्राज्ञिक कर्ममा क्रियाशील प्रतिभाको कदर र सम्मान गरी इतिहास निर्माणमासमेत योगदान दिने भाषा, साहित्य क्षेत्रको विकासलाई सधैँ प्राथमिकता दिनुपर्दछ ।’’

राष्ट्रपति पौडेलले राष्ट्रिय कविता महोत्सव, २०८२ मा उत्कृष्ट दशभित्र पर्न सफल पुरस्कृत हुने सबै कविहरूलाई बधाई दिदैँ उनीहरूको सृजना यात्राको उत्तरोत्तर प्रगतिको कामना गरे ।

कार्यक्रममा राष्ट्रपतिले विभिन्न १० जना कविहरूलाइ सम्मानपत्र तथा पुरस्कार वितरण गरेका थिए ।

सम्मानित कविहरुमा सिरहाका अविनाश भट्टराई, मोरङका कर्ण सञ्जय, मकवानपुरका किशन पौडेल, लमजुङकी गोमा श्रेष्ठ, नवलपरासीका चन्द्रमणि चापागाईं, रुकुम पश्चिकी तुलसी केसी, मकवानपुरकी मिरमा (रमा सुवेदी), सुनसरीका शमुएल कोइराला, ललितपुरका सन्ध्या महर्जन र चितवनको सिर्जन अविरल छन् ।

Page Views: 40
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama