Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सरकार लचिलो बनेपछि कर्मचारीले अवकाश पाउने उमेरहदमा सहमति, विधेयक आजै पारित हुने

- shuvadmin / मङ्गलबार, भदौ १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, कर्मचारीको उमेरहद सम्बन्धी विवादमा सहमति भएसँगै राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती सेवा विधेयक सर्वसम्मत रूपमा पारित हुने भएको छ ।

कर्मचारीको उमेरहद सम्बन्धी व्यवस्थामा सत्ता–प्रतिपक्षका सांसदहरू विभाजित भएपछि विधेयकमा गाँठो परेको थियो ।

मंगलबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले मत विभाजन (मतदान)मा नलैजानका लागि प्रतिनिधिसभाबाट पारित भएको व्यवस्था अनुसार नै विधेयक पारित गर्न सहमति जनाएपछि विवाद टुंगिएको हो ।

बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्ण सिटौलाले नयाँ संविधान जारी भएपछि राष्ट्रियसभाबाट विधेयक सर्वसम्मत पारित भएकाले सोही परम्परा कायम राख्न आग्रह गरेका थिए ।

त्यसलगत्तै मन्त्री न्यौपानेले राष्ट्रियसभाले गरेको सौहार्द अभ्यासलाई निरन्तरता दिने भन्दै प्रतिनिधिसभाबाट पारित भएको व्यवस्थाअनुसार विधेयक अगाडि बढाउन सहमति जनाएकी हुन् ।

‘आजसम्मका लागि भनेर मैले हिजो समय मागेकी थिएँ, प्रधानमन्त्री विदेशमा हुनुहुन्छ । यस्तो बेला आजै हामी निष्कर्षमा पुग्नुपर्नेछ ।

बहुमत र अल्पमतबाट टुंग्याउने पक्षमा म छैन,’ मन्त्री न्यौपानेले भनिन्, ‘मत विभाजन नगर्न अहिलेका लागि प्रतिनिधिसभाले जसरी पास गरेर पठाएको छ अवकाशको उमेरबारे, त्यही कुरालाई आत्मसात गरेर जाऔँ । राष्ट्रिय सभाले सौहार्दता साथ जाऔँ ।’

त्यसपछि समिति सभापति तुलसादेवी दाहालले ‘देर आयो, दुरुस्त आयो’ भने जस्तै सबै विधेयकमा सर्वसम्मति गरेको बताइन् । समितिमा भएको सहमतिअनुसार विधेयक पारित भएमा पहिलो वर्ष कर्मचारी ५८ मा अवकाश हुनेछन् ।

अर्को वर्ष ५९ र त्यसपछिका वर्षहरूमा ६० वर्ष पुगेपछि मात्र कर्मचारीको अवकाश हुनेछ । कांग्रेस–एमालेले विधेयक पारित गर्दाको वर्ष ५९ र अर्को वर्ष ६० कायम गर्न प्रस्ताव गरेका थिए ।

विपक्षी दल नेकपा माओवादी केन्द्र लगायतका सांसदहरूले भने प्रतिनिधि सभाबाट पारित भएको व्यवस्थाअनुसार नै गर्न आग्रह गरेका थिए ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विधेयक २ महिनाभित्र पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यताका कारण समितिको प्रतिवेदन आजै सभामा पेश गरेर पारित गर्ने कार्यसूची छ ।

प्रतिनिधिसभाबाट असार १५ गते पारित भएको विधेयक असार १७ गते राष्ट्रियसभामा पुगेको थियो । राष्ट्रियसभाले विधेयकमा केही परिमार्जन गरेको छ ।

नासुमा खुला प्रतिस्पर्धाबाट पनि भर्ना गर्ने तथा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने विषय राष्ट्रिय सभाले परिमार्जन गरेको छ ।

Page Views: 77
संबन्धित शिर्षकहरु
आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
आज ऋषि पञ्चमी पर्व मनाइँदै
आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
ताजा अपडेट
  • आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु
  • आज ऋषि पञ्चमी पर्व मनाइँदै
  • आज कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • कृष्णभीरकाे नयाँ ट्रयाकमा असोज १ गतेदेखि यातायात सञ्चालन गरिने
  • देशका विभिन्न स्थानमा भएकाे दुर्घटनामा परी १० जनाको मृत्यु
  • मोटरसाइकल चोरी अभियोगमा दुई जना पक्राउ
  • भाेटेकाेशी बाढीमा ज्यान गुमाउनेको संख्या १३९२, चार हजार बढी सम्पर्कविहीन
  • पछिल्लो २४ घण्टामा ९९९ सवारी चालक कारबाहीमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama