काठमाडौँ– बुढानीलकण्ठ स्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा आगजनी भएको छ।
काठमाडौंमा जारी आन्दोलन तीव्र बन्दै जाँदा प्रदर्शनकारीहरू नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा प्रवेश गरेका छन् ।
मंगलबार दिउँसो बूढानीलकण्ठस्थित देउवा निवासमा आक्रोशित प्रदर्शनकारीको एक समूह पुगेका हुन् ।
आन्दोलनकारीहरूले नाराबाजी गर्दै देउवाको निवासभित्र छिरेका हुन् ।
प्रहरी बल तैनाथ गरिएको भएपनि भीडलाई नियन्त्रण गर्न कठिनाइ भएको सुरक्षा स्रोतले जनाएको छ ।
देउवा निवास बाहिर प्रदर्शनकारीले केहीबेर नाराबाजी समेत गरेका थिए । उनीहरूले देउवाको निवासमा आगजनी समेत गरेका छन् ।
तर अहिलेसम्म तोडफोड वा ठूलो क्षति भने भएको छैन । सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् ।
यसअघि राजधानीसहित देशका विभिन्न स्थानमा आन्दोलन चर्किँदा कर्फ्यु जारी गरिएको छ । आन्दोलनका क्रममा धेरै युवाको ज्यान गएको घटनाले राजनीतिक नेतृत्वमाथि दबाब बढेको छ ।