Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रधानसेनापति र जेनजीबीच मध्यरातमा छलफल, सेनाको पहलमा आज राष्ट्रपतिसँग वार्ता हुने

- shuvadmin / बुधबार, भदौ २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जेनजीका प्रतिनिधिहरूले मंगलबार राति नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग आफ्ना मागबारे छलफल गरेका छन्।

छलफलमा रक्षा बम, समय खड्का, पुरुषोत्तम यादव, तनुजा पाण्डे, अमीत खरेल, धीरज जोशी, योञ्जन राजभण्डारी, शिव यादव, वर्षा बुढाथोकीलगायत जेनजीका प्रतिनिधि सहभागी भएको स्रोतले जानकारी दिएको छ।

प्रधानसेनापति सिग्देलले विषम परिस्थितिका कारण आन्दोलनरत पक्ष र राष्ट्रपतिबीच सहजीकरण गर्नुपरेको जेनजीका प्रतिनिधिहरूसँग बताएका थिए।

जेनजीका प्रतिनिधिहरू र राष्ट्रपति रामचन्द्र पौडेलबीच मध्यस्तता गर्न आफूले भूमिका खेल्ने प्रधानसेनापति सिग्देलले बताएका थिए।

वार्तामा खासगरी संसद विघटन र नयाँ सरकार गठनबारे छलफल हुने बुझिएको छ।

वार्तामा बस्नका लागि नेपाली सेनाले जेनजी समूहसँग प्रतिनिधिको नाम बिहान ८ बजेभित्र पठाउन आग्रह गरेको छ।

सुमना श्रेष्ठ, कुलमान घिसिङसँग पनि यसबारे छलफल भएको जेनजीका प्रतिनिधिले जानकारी दिएका छन्। सुमनाले भने पार्टीमा रहेकाले वार्तामा बस्न अस्वीकार गरेकी छन्।

नेपाली सेनाले सार्वजनिक सम्पत्तिमाथिको तोडफोड र लुटपाट रोक्न भन्दै १० बजे रातिदेखि सेना परिचालन गर्ने घोषणा गरेको थियो।

त्यसपछि सडकमा सेना उत्रिएको छ र सर्वसाधारणलाई बाहिर ननिस्कन भनिरहेको छ।

विषम परिस्थितिको फाइदा उठाई केही समूहले सार्वजनिक सम्पत्तिमा क्षति तथा लुटपाट गरिरहेकाले त्यसलाई रोक्न सडकमा आउने घोषणा सेनाले गरेको हो।

Page Views: 61
संबन्धित शिर्षकहरु
शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama