Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पानी पार्ने प्रणाली पश्चिममा नेपालतिर, काठमाडौंमा बिहानैदेखि वर्षा

- shuvadmin / बिहिबार, भदौ २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, देशका अधिकांश भागमा मनसुन सक्रिय बनेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान वरपर छ भने पश्चिममा सरदरभन्दा केही उत्तरतिर अर्थात् नेपालतिर छ।

जसका प्रभावले केही स्थानमा भारी वर्षाको सम्भावना छ। अहिले बिहान देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ।

पछिल्लो २४ घन्टामा धेरै केन्द्रका सय मिलिमिटर भन्दा बढी पानी परेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नवलपरासीको बर्दघाटमा १७०.२ मिलिमिटर वर्षा भएको छ।

कैलालीको चिसापानीमा १६६ मिलिमिटर पानी परेको छ। पर्वतको सिर्कोनमा १३५, गुल्मीको मुसिकोटमा १३७.४, चितवनको नारायणी फिल्ड अफिसमा ११५.२, चितवनको कल्याणपुरमा ८०.८, नवलपरासीको दुम्कौलीमा ८४.४, संखुवासभाको खाँदबारीमा १२२.८ मिलिमिटर वर्षा भएको छ।

बिहीबार कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी तराईका भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशको पहाड र मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका भु–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Page Views: 70
संबन्धित शिर्षकहरु
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
रुकुममा जिप दुर्घटना ८ जना घाइते
विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
ताजा अपडेट
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
  • रुकुममा जिप दुर्घटना ८ जना घाइते
  • विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
  • राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
  • नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama