Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

संविधानमार्फत नै जेन–जी पुस्ताको आकांक्षा पूरा हुन्छ : पूर्वराष्ट्रपति यादव

- shuvadmin / शुक्रबार, भदौ २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पूर्वराष्ट्रपति डा. रामवरण यादवले २०८२ भदौ २३ र २४ गते ‘जेन–जी’ आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडले मुलुकलाई कम्पित बनाएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन् ।

राजनीतिक तथा प्रशासनिक अन्योल अन्त्य गर्दै नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न जिम्मेवार निकायले ढिलाइ नगर्ने विश्वास व्यक्त गर्दै उनले भनेका छन्, “नेपालको संविधान २०७२ र त्यसले दिएको मार्गचित्र नै यो संकट समाधान गर्ने एक मात्र उपाय हो।

यही संविधानको सही कार्यान्वयनबाट ‘जेन–जी’ पुस्ताका आकांक्षा र उद्देश्यहरू समेत पूरा गर्न सम्भव छ।”

उनले ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित परिवारलाई धैर्यधारणको शक्ति मिलोस् भनी कामना गरेका छन् ।

उनले यस्तो गतिविधिले सिंगो मुलुकलाई कम्पित र स्तब्ध तुल्याएको उल्लेख गर्दै अकालमै ज्यान गुमाउने युवाहरूको आत्माको चिरशान्तिको कामना गरेका छन् ।

डा. यादवले वक्तव्यमा भनेका छन्, “युवाहरूको आन्दोलन भ्रष्टाचारको अन्त्य, अभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन जस्ता अत्यन्त स्वाभाविक र आधारभूत मागका लागि भएको थियो।

तर, आन्दोलनका नाममा भएको विनाश र विध्वंसको कारण र कर्ता पहिल्याउनु आज अपरिहार्य छ।”

उनले सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, प्रदेश सभा, स्थानीय तहका संरचनालगायत देशका संवैधानिक र ऐतिहासिक धरोहरमा गरिएको तोडफोड नियोजित देखिएको भन्दै यसको वास्तविक उद्देश्य र कारकहरू पहिचान गर्नु राष्ट्रको एकता, अमनचयन र सुरक्षित भविष्यका लागि जरुरी भएको टिप्पणी गरे ।

आन्दोलनका क्रममा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिले लाखौंलाई रोजगारी दिने संरचना मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा ठूलो धक्का पुराएको भन्दै डा.यादवले यस्तो प्रवृत्तिबाट देशलाई जोगाउन सबैलाई सचेत रहन आग्रह गरे ।

Page Views: 72
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama