Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

किचेनमा कार्यालय, सुरक्षा गार्ड कोठाबाटै सेवा दिन थाले वैदेशिक रोजगार विभागका कर्मचारी

- shuvadmin / बुधबार, असोज ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौंको ताहचलस्थित वैदेशिक रोजगार विभाग पनि अरू सरकारी कार्यालयजस्तै हाल असाधारण अवस्थाबाट गुज्रिरहेको छ ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनमा तोडफोड र आगजनीले विभागको तल्लो भवन पूर्ण रूपमा ध्वस्त बनायो ।

प्रशासन शाखा, मुद्दा शाखा, अनुगमन, लेखा, राहत–उद्धार, संस्थानदेखि लिएर महानिर्देशक कार्यकक्षसम्म सबै खरानीमा परिणत भए ।

फाइल, कम्प्युटर, दराजदेखि कर्मचारीका व्यक्तिगत सामानसम्म जलेर नष्ट भए । आगजनीमा करिब १५ सय पासपोर्ट जलेको र विभागलाई करिब ३ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान छ।

तर, यति ठूलो विनाशपछि पनि विभागको सेवा थामिएको छैन । आइतबारदेखि (भदौ २९) नै गेट नम्बर २ स्थित माथिल्लो भवनबाट आंशिक रूपमा काम थालिएको थियो ।

सोमबारदेखि पूर्ण रूपमा सेवा सञ्चालन भएको विभागका निर्देशक तथा सूचना अधिकारी टीकाराम ढकालले बताए ।

तल्लो कार्यालयमा रहेका करिब ५० जना कर्मचारी माथिल्लो भवनमा सरेका छन् । काम पनि एउटै भवनबाट शुरू गरिएको हो ।

सुरक्षाकर्मी बस्ने कोठासमेत कार्यकक्षमा बदलिएको छ । उनका अनुसार कार्यालय ध्वस्त हुँदासमेत सेवामा अवरोध नआओस् भन्ने ध्येयका साथ कर्मचारीहरूले किचेन र सुरक्षाकर्मी बस्ने कोठासमेत कार्यालयको रूपमा प्रयोग गरेका छन् ।

एउटै कोठामा १२ जनासम्म कर्मचारीहरू बसाएर सेवा थालिएको उनले बताए । ‘तल्लो कार्यालय ध्वस्त भइसकेपछि माथिल्लो कार्यालयमा काम सारेका छौं ।

एउटै कोठामा १२ जनासम्म कर्मचारीहरू राखेर भएपनि सेवा शुरू गरिरहेका छौं,’ उनले भने, ‘कार्यालयको किचेन र सुरक्षाकर्मी बस्ने कोठासमेत प्रयोग गरिरहेका छौं ।’

श्रम स्वीकृतिको सेवा निरन्तर नै चलिरहेको छ। कारण, श्रम स्वीकृतिको काम पहिले नै माथिल्लो कार्यालयबाट हुँदै आएको थियो ।

त्यसैले आगजनीले अन्य शाखालाई ध्वस्त तुल्याए पनि श्रम स्वीकृति प्रभावित भएन । तर, प्रशासन, मुद्दा र अन्य महत्त्वपूर्ण काम भने केही दिन अवरुद्ध रह्यो ।

Page Views: 46
संबन्धित शिर्षकहरु
काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
देशका विभिन्न राजमार्गहरू अवरुद्ध
फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
ताजा अपडेट
  • काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
  • देशका विभिन्न राजमार्गहरू अवरुद्ध
  • फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
  • म्याग्दीमा ८ थान भरुवा बन्दुक बरामद
  • प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ : हर्कराज राई
  • पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
  • बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
  • पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama