Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राष्ट्रिय वाणिज्य बैंकको एउटै शाखाबाट लुटियो ५ करोड बढी नगद र १८ केजी बढी सुन !

- shuvadmin / बुधबार, असोज ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बानेश्वरस्थित शाखाबाट ५ करोडभन्दा बढी नगद र १८ केजीभन्दा बढी परिमाणको सुन लुटपाट भएको छ ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको विध्वंश, तोडफोडका क्रममा संसद भवनसँगै जोडिएको राष्ट्रिय वाणिज्य बैंकको शाखा प्रवेश गरी ५ करोडभन्दा बढी नगद र १८ केजीभन्दा बढी सुन लुटिएको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले जानकारी दिए ।

उनका अनुसार आन्दोलनकारीको नाममा बैंकको शाखामा प्रवेश गरेको अराजक समूहले त्यहाँको सीसी फूटेज पहिला फुटाएर लुटपाट मच्चाएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा बानेश्वरको शाखाबाट मात्र ५ करोडभन्दा बढी नगद तथा १८ केजीभन्दा बढी सुन लुटपाट भएको खनालले दाबी गरेका छन् ।

लुटपाट भएको विषयमा बैंकले नेपाल राष्ट्रबैंकलाई जानकारी गराइसकेको छ ।

यस्तै, मंगलबार घटनास्थलको मुचुल्का गरी प्रहरीले समेत अनुसन्धान शुरु गरेको उनको भनाई छ ।

बैंकको सीसीटिभी लुटेराको समूहले फुटाए पनि विभिन्न सञ्चारमाध्यम तथा विभिन्न व्यक्तिहरुले लुटपाट हुँदाको समयको फूटेज खिचेकाले प्रहरीले त्यसका आधारमा अनुसन्धान बढाउनसक्ने उनको अनुमान छ ।

देशका अन्य क्षेत्रमा रहेका राष्ट्रिय वाणिज्य बैंकका केही काउण्टरहरुमा समेत तोडफोड भएको उनको भनाई छ ।

Page Views: 55
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama