काठमाण्डू, नवनियुक्त मन्त्रीहरुको शपथको समय निर्धारण भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार दिउँसो २ बजेका लागि शपथको समय तय भएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पूर्वन्यायाधीश अनिल कुमार सिन्हासहित वैज्ञानिक महावीर पुन, सामाजिक अभियन्ता मदन परियार र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन् ।
यस्तै संगीता कौशल मिश्रा समेत सिफारिस भएपनि उनको भने शपथ हुने नहुने निश्चित छैन ।