काठमाण्डू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखमा टेकेन्द्र कार्की नियुक्त भएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई विभागको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघिका प्रमुख हुतराज थापाले भदौ २८ गते राति १२ बजेदेखि अनिवार्य अवकाश लिएका थिए।
तीन वर्षे कार्यकाल पूरा गरेर थापा अवकाशमा गएपछि मुख्य अनुसन्धान निर्देशक पद रिक्त भएको थियो।