Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दशैँलाई लक्षित गरेर साझा यातायातले थाल्यो काठमाडौँ– नारायणगढ बस सञ्चालन, भाडा ३ सय मात्र

- shuvadmin / बुधबार, असोज ०८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपालीहरूको महान् चाड दशैँ नजिकिँदै गर्दा यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै साझा यातायात सहकारी संस्था लिमिटेडले विशेष बस सेवा सञ्चालन गरेको छ ।

चाडपर्वको अवसरमा घर फर्किने तथा बाहिर जाने यात्रुहरूलाई लक्षित गरी यो सेवा शुरु गरिएको हो।

संस्थाले एक सूचना जारी गर्दै यही असोज ७ गतेदेखि कोजाग्रत पूर्णिमासम्म नारायणगढका लागि बस सेवा शुरु गर्ने जानकारी दिएको हो।

यसले विशेषगरी नारायणगढ र त्यस आसपासका क्षेत्रमा जान चाहने यात्रुहरूका लागि निकै राहत पुग्ने अपेक्षा गरिएको छ।

साझा यातायातले यात्रुहरूलाई सस्तो र भरपर्दो यात्रा गराउने उद्देश्यले यो पहल गरेको हो।

यस अन्तर्गत, बसहरू बिहान ७ बजेदेखि प्रत्येक एक घण्टाको फरकमा कलंकी बसपार्कबाट प्रस्थान गर्नेछन्।

यो सेवा बिहान ७ बजे, ८ बजे, ९ बजे, १० बजे, ११ बजे र १२ बजेसम्म सञ्चालन हुनेछ।

यात्रा गर्ने यात्रुहरूले एकतर्फी भाडाको रूपमा ३ सय रुपैयाँ बुझाउनुपर्नेछ र अनिवार्य रूपमा साझा यातायातको टिकट लिनुपर्ने व्यवस्था गरिएको छ।

सञ्चालकहरूले सिटमा मात्र बस्न पाउने र उभिएर वा मुडामा बसेर यात्रा गर्न नपाइने कुरामा जोड दिएका छन्।

टिकट बिना यात्रा गर्ने यात्रुहरूलाई प्रचलित कानून बमोजिम कारबाही गरिने संस्थाले स्पष्ट पारेको छ।

टिकटको विषयमा कुनै समस्या वा गुनासो भएमा सम्बन्धित निकायमा जानकारी गराउन सकिनेछ।

Page Views: 86
संबन्धित शिर्षकहरु
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
रुकुममा जिप दुर्घटना ८ जना घाइते
विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
ताजा अपडेट
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
  • रुकुममा जिप दुर्घटना ८ जना घाइते
  • विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
  • राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
  • नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama