Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देउवा दम्पती आज डिस्चार्ज हुँदै, सानेपा र जावलाखेलमध्ये एक ठाउँमा बस्ने

- shuvadmin / बुधबार, असोज ०८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं निवर्तमान परराष्ट्रमन्त्री डा.आरजु राणा १६ दिनपछि आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।

जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित निवासमै उनीहरूमाथि प्रदर्शनकारीद्वारा शारीरिक दुर्व्यवहार भएको थियो । त्यसै दिन उनीहरूलाई बालबाल उद्धार गरेर अस्पताल लगिएको थियो ।

पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले देउवा दम्पतीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र उपचारमा संलग्न चिकित्सकहरूले आजको स्वास्थ्यस्थिति विश्लेषण गरेपछि डिस्चार्जको तयारी हुने बताए ।

त्यस दिन प्रदर्शनकारीको कुटाइबाट घाइते भएका पूर्वप्रधानमन्त्री देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो ।

प्रदर्शनकारीले त्यस दिन बुढानीलकण्ठस्थित निवासमा आगजनी र तोडफोड गरेका कारण त्यहाँ बस्ने सक्ने अवस्था छैन ।

देउवा दम्पतीको अस्थायी बसाइ अब ललितपुरको सानेपा वा जावलाखेलमध्ये एउटा हुनेछ ।

सानेपा, झम्सिखेलमा आरजुको माइती घर छ । जावलाखेलमा उनका भाइ भूषण राणाको घर छ ।

जावलाखेलको घर मध्यबजारमा भएका कारण सुरक्षाका दृष्टिले अनुपयुक्त हुने सुझाव पनि देउवा दम्पतीलाई दिइएको छ ।

उक्त घर प्रशासनिक प्रशिक्षण केन्द्र (स्टाफ कलेज) को अगाडि नै रहेकाले देउवा दम्पती सानेपा, झम्सिखेलमा बस्ने सम्भावना बढी छ ।

झम्सिखेलको घर भने होटल भिभान्तानजिकै छ ।

Page Views: 73
संबन्धित शिर्षकहरु
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
रुकुममा जिप दुर्घटना ८ जना घाइते
विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
ताजा अपडेट
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
  • रुकुममा जिप दुर्घटना ८ जना घाइते
  • विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
  • राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
  • नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama