Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

- shuvadmin / बिहिबार, असोज ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।

गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पहिलोपटक देशवासीका नाममा सम्बोधन गर्न लागेकी हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार उनले सम्बोधनमा गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि उत्पन्न परिस्थिति, भदौ २४ गतेको तोडफोड र आगजनी, त्यसको पुनर्निर्माण तथा तत्कालीन सरकार पक्षबाट भएको दमनलगायत विषय समेट्नेछिन्।

यसैबीच सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने मिति घोषणा गरेको छ।

प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन राजनीतिक दलबीच सहमति र समझदारी आवश्यक रहेको बताउँदै सबैलाई आह्वान गर्ने तयारी गरेकी छन्।

उनको सम्बोधनमा आन्दोलनका क्रममा निधन भएका ७४ जनाका परिवारलाई राहत, घाइतेहरूको उपचारलगायत विषय पनि समेटिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

सरकारले यसअघि नै प्रतिमृतक परिवारलाई १५–१५ लाख रुपैयाँ राहत उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ।

Page Views: 83
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama