Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बडादशैंको आठौँ दिन, आज महागौरीको पूजा

- shuvadmin / मङ्गलबार, असोज १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नवरात्रको आठौँ दिन आज देवी महागौरीको पूजा–आराधना विधिपूर्वक गरिँदैछ।

दुर्गाको आठौँ स्वरूप मानिने महागौरीलाई अमोघ शक्ति भएकी देवीका रूपमा पूजा गरिन्छ।

सेतो पहिरन, वृषवाहन र चार हातमा विभिन्न अस्त्र शस्त्रसहित शान्त मुद्रामा देखिने यी देवीको आराधनाले भक्तका पाप नाश हुने विश्वास गरिन्छ।

शास्त्रअनुसार, महागौरीले आठ वर्षको उमेरमै भगवान् शिवलाई पति पाउने संकल्पसहित कठोर तपस्या गरेकी थिइन्।

तपस्यापछि शिवले उनलाई गंगाजलले स्नान गराएपछि उनी गौरवर्णकी बनिन्, त्यसैपछि उनको नाम महागौरी रहन गएको हो।

आजको दिन उपत्यकासहित देशभरका शक्तिपीठहरू गुह्येश्वरी, कालिकास्थान, मैतीदेवी, विजेश्वरी, मनकामना, राजदेवी, पाल्चोक भगवती आदि स्थानमा विशेष पूजाआजा तथा बलि दिइन्छ।

पशुबलि नदिने भक्तहरूले काँक्रो, कुभिन्डो, मूला, नरिवल आदि चढाउने परम्परा अनुसार पूजा गर्छन्।

यस दिन कलपुर्जा, हातहतियार र सवारी साधनको पनि देवीको रूपमा पूजा गरिन्छ।

महागौरीको पूजा गरेर भक्तहरूले सुख, शान्ति, ऐश्वर्य र मोक्ष प्राप्त गर्ने विश्वास गरिएको छ।

Page Views: 100
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama