बिर्तामोड, झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी, इटहरी उपमहानगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङ, रंगेली नगरपालिका–२ का ४२ वर्षीय बस कन्डक्टर राजकुमार चौधरी रहेका छन् ।
दुर्घटनामा परी अरू १३ जना घाइते भएका छन् ।
आज बिहान साढे ९ बजे विराटनगरबाट काँकडभिट्टा जाँदै गरेको सगरमाथा यातायातको प्र १-०१-००१ ख ४४५९ नम्बरको बस बिर्तामोड नगरपालिका–६, गिरिबन्धु टि–स्टेट अगाडि अनियन्त्रित भई दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा इटहरी–११ का ३८ वर्षीय गुलशनराज शर्मा, उनकी श्रीमती ३६ वर्षीया अंकिता शर्मा, ६ वर्षीया छोरी मनसुइ शर्मा र ३७ वर्षीया बिनु शर्मा छन् । मनसुइ र बिनुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
त्यस्तै मोरङ, विराटनगर–२ का ४२ वर्षीय सहचालक सोमकुमार भुजेल, पाँचथर कुम्मायक–६ की २८ वर्षीया गंगा लिम्बू, झापा कमल–७ का ८ वर्षीय लोजिहाङ लावती, २३ वर्षीया सुहाना लिम्बू र ५ वर्षीय भतिजा मेङ्सो लिम्बू पनि घाइते भएका छन् ।
यस्तै विराटनगर–१ की १७ वर्षीया अनुषा भट्टराई, ३६ वर्षीया मञ्जु खतिवडा, झापा दमक–१ की ६० वर्षीया राधिका खतिवडा र ताप्लेजुङ, फाक्तालुङ–१ का राकेश लिम्बू छन् ।
उनीहरूलाई हात, खुट्टा र अनुहारमा चोट लागेकाले सामान्य अवस्थामा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
घाइतेहरूलाई बीएन्डसी अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेहरू:
१) सुनसरी इटहरी न.पा–११ बस्ने बर्ष– ३८ का गुलसनराज शर्मा (हात खुट्टामा चोट सामान्य)
२) ऐऐ बस्ने उनकी श्रीमती बर्ष–३६ की अंकिता शर्मा (हात खुट्टामा चोट सामान्य)
३) ऐऐ बस्ने उनकी छोरी बर्ष–६ की मनसुई शर्मा (टाउको चोट अवस्था मध्यम)
४) ऐऐ बस्ने बर्ष–३७ की बिनु शर्मा (टाउकोमा चोट अवस्था मध्यम)
५) मोरङ बिराटनगर महानगरपालिका वडा नं–२ बस्ने बर्ष–४२ का सोमकुमार भुजेल –सहचालक (हात खुट्टामा चोट सामान्य)
६) पाँचथर कुम्मायक गा.पा–६ बस्ने बर्ष–२८ की गंगा लिम्बू(हात खुट्टा अनुहारमा चोट सामान्य)
७) .झापा कमल गा.पा–७ बस्ने सुवास लावतीका छोरा बर्ष–८ का लाजिहाङ लावती (टाउको चोट अवस्था मध्यम)
८) ऐऐ बस्ने बर्ष–२३ की सुहाना लिम्बू (हात खुट्टामा चोट सामान्य)
९) ऐऐ बस्ने निजकै भतिजो बर्ष–५ का मेङ्सो लिम्बु (हात खुट्टामा चोट सामान्य)
१०) मोरङ बिराटनगर मनपा –१ बस्ने बर्ष १७ की अनुषा भट्टराई –सामान्य
११)ऐ.ऐ. बस्ने बर्ष –३६ की मन्जु खतिवडा –(हात खुट्टा अनुहारमा चोट सामान्य)
१२) झापा दमक नपा –१ बस्ने बर्ष –६० की राधिका खतिवडा (हात खुट्टा अनुहारमा चोट सामान्य)
१३)जिल्ला ताप्लेजुङ फक्तालुङ गापा–१ बस्ने राकेश लिम्बू –(हात खुट्टा अनुहारमा चोट सामान्य)