Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, भदौ १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज बडादशैंको अन्तिम दिन, आश्विन शुक्ल पूर्णिमा, कोजाग्रत व्रतसहित महालक्ष्मीको पूजा आराधना गरिंदै

- shuvadmin / सोमबार, असोज २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, बडादशैं पर्व सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना तथा कोजाग्रत व्रतसहित आज सम्पन्न हुँदैछ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा सायंकाल महालक्ष्मीको विशेष पूजा–आराधना गरी रातभर जाग्राम बसेर मनाइन्छ।

यसै दिनदेखि १५ दिन लामो दशैँ पर्व औपचारिक रूपमा समाप्त हुने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, आज अखिल बलिपूर्ति गर्ने दिन पनि भएकाले विजयादशमीदेखि चलिआएको टीका–जमरा ग्रहण गर्ने क्रम आजैसँगै अन्त्य हुन्छ।

बलिपूर्ति सम्पन्न गरेपछि जमरा नदी, पोखरी वा अन्य पवित्र स्थलमा विसर्जन गरिन्छ।

आश्विन शुक्ल प्रतिपदादेखि शुरु भएको दुर्गा पक्ष (दशैं) आज महालक्ष्मीको पूजा–आराधनासँगै सम्पन्न हुने धार्मिक मान्यता छ।

विश्वास अनुसार, आज राति जाग्राम बसेका भक्तजनका घरमा महालक्ष्मी स्वयं भ्रमण गरी धन–धान्य, ऐश्वर्य र सम्पन्नता प्रदान गर्ने विश्वास रहिआएको छ ।

यही धार्मिक विश्वासकै आधारमा यो पर्व प्रचलनमा आएको समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालले बताए ।

माता दुर्गाका तीन रूपमध्ये एक महालक्ष्मी को पूजा गरी दुर्गा पक्षलाई विदा गर्ने परम्परा छ।

नवरात्र विजयादशमीका दिन सकिए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमासम्म रहने उल्लेखनीय तथ्य हो।

यस दिनलाई कौमुदी पूर्णिमा पनि भनिन्छ। धार्मिक ग्रन्थअनुसार, आज राति जाग्रामसँगै जुवा खेल्ने विधान रहेको छ।

साथै, महालक्ष्मीसँगै हात्तीमा आरूढ भगवान् इन्द्रको पनि विशेष पूजा गरिन्छ।

यसैबीच, असोज २१ गते मंगलबारदेखि कार्तिक स्नान र तुलसीको विशेष पूजा आराधना सुरु हुने छ।

सोही दिनदेखि आकाशदीपदान गर्ने परम्परा पनि शुरु हुने समितिले जनाएको छ।

Page Views: 76
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama