Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जेनजी प्रदर्शनको असर अर्थतन्त्रमा, चालू वर्ष नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण

- shuvadmin / मङ्गलबार, असोज २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिमा संकुचन आउने विश्व बैंकले जनाएको छ।

‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ गर्दै विश्व बैंकले भदौ चौथो हप्ता भएको जेनजी प्रदर्शनको असर अर्थतन्त्रमा देखिने अनुमान गरेको हो।

विश्व बैंकका अनुसार चालू वर्ष आर्थिक वृद्धिदर खुम्चिएर २.१ प्रतिशतमा झर्नेछ। १.५ देखि २.६ प्रतिशत संकुचनको सम्भावना पनि विश्व बैंकले औँल्याएको छ।

गत आर्थिक वर्ष ३.७ प्रतिशत आर्थिक वृद्धि भएको नेपाली अर्थतन्त्रमा यस वर्ष ४.६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

तर, जेनजी प्रदर्शन, बाढी र पहिरोलगायत विभिन्न कारणले वृद्धिदर घटेर २.१ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ।

त्यसपछिको आगामी आर्थिक वर्ष भने ४.७ प्रतिशत वृद्धिदर हासिल हुने विश्व बैंकको अनुमान छ।

खासगरी विदेशी पर्यटकीय आगमन घट्ने र प्रदर्शनका क्रममा भएको भौतिक संरचनामा क्षतिले बीमा क्षेत्रलाई नराम्ररी प्रभावित पार्ने प्रतिवेदनमा उल्लेख छ।

यसबाहेक लगानी मनोभावना कमजोर हुँदा निजी क्षेत्रको लगानी र गैरजलविद्युतीय निर्माणमा असर गर्नेछ।

त्यसैगरी समयमै वर्षात् नभएको हुँदा धान उत्पादन हुने प्रदेशमा असर गरेकाले कृषि क्षेत्रमा पनि यसको असर पर्ने विश्व बैंकले उल्लेख गरेको छ।

पुनर्निर्माणलाई अगाडि बढाउने सरकारी प्रतिबद्धता र सक्रियताले आगामी आर्थिक वर्ष र त्यसपछिको वर्षमा आर्थिक सुधार हुने विश्व बैंकको अपेक्षा छ।

सन् २०२४ मा दक्षिण एसियाको समग्र कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ६.४ प्रतिशत थियो। यस वर्ष थोरै वृद्धि भएर ६.६ पुग्ने अनुमान छ।

त्यस्तै २०२६ मा ५.८ प्रतिशत मात्रै वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ। त्यसपछि सन् २०२७ मा भने पुनः ६.५ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान छ।

यस क्षेत्रमा सबैभन्दा बढी भुटानको (७.३ प्रतिशत) र सबैभन्दा कम नेपालको (२.१ प्रतिशत) आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण छ।

Page Views: 67
संबन्धित शिर्षकहरु
शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama