Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अष्ट्रेलिया जाने विद्यार्थीका लागि बचतको रकम फेरि बढ्यो, २६ लाख रुपैयाँ देखाउनै पर्ने

- shuvadmin / बिहिबार, बैशाख २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अष्ट्रेलिया जाने विद्यार्थीका लागि थप कडाइ भएको छ । अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीले भिसा प्राप्त गर्न बचतको रकम बढाएको छ ।

अष्ट्रेलियाले विदेशी विद्यार्थीको चाप घटाउने उद्देश्यले विद्यार्थीले जम्मा गर्नुपर्ने रकम बढाएको हो ।

मे १० अर्थात् भोलिदेखि लागू हुने नयाँ नियममा अन्तर्राष्ट्रिय विद्यार्थीले भिसा प्राप्त गर्न कम्तिमा २९ हजार ७१० अष्ट्रेलियन डलर बचत गरेको प्रमाण देखाउनु पर्ने छ ।

अष्ट्रेलियाले यसअघि ७ महिना अगाडि पनि बचत रकमको परिमाण बढाएको थियो । गत अक्टोबरमा २१ हजार ४१ अष्ट्रेलियन डलरबाट बढाएर यसलाई २४ हजार ५०५ बनाइएको थियो ।

कोभिडको प्रतिबन्धपछि अत्यधिक बढेका विदेशी विद्यार्थीको भिसा अनुमति अनुपात घटाउन नयाँ आप्रवासन रणनीति अन्तर्गत अष्ट्रेलियाले अङ्ग्रेजीमा बढी स्कोरदेखि त्यहाँ बसाइ लम्ब्याउने सम्बन्धी यसअघिको व्यवस्थामा कडाइ गरिसकेको छ ।

विद्यार्थी भर्नामा नक्कली काम गरेको पाइएमा उनीहरूलाई दुई वर्षसम्मको जेल सजाय र विद्यार्थी भर्ना प्रतिबन्ध लगाउन सकिने सरकारको नयाँ नियम छ ।

विद्यार्थीको शोषण गर्ने र अष्ट्रेलियाको शैक्षिक प्रतिष्ठा धमिल्याउने गतिविधिलाई कुनै स्थान नदिने भन्दै सरकार कडा रुपमा प्रस्तुत भएको छ ।

आर्थिक व्यवस्थामा कडाइसँगै अब अष्ट्रेलियामा परिवारका सदस्यका साथ विद्यार्थी भिसा प्राप्त गर्न आवश्यक ८४ लाख ५४३ अष्ट्रेलियन डलरलाई बढाएर अहिले १ लाख २ हजार पाँच सय बनाइएको छ ।

अस्ट्रेलियामा महँगी उच्च बढेसँगै अन्तर्राष्ट्रिय विद्यार्थीको बचत रकमको परिमाण पनि बढाइएको हो ।

पछिल्लो समय अष्ट्रेलिया सरकार अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा भारी कटौती गर्ने रणनीतिमा छ ।

Page Views: 51
संबन्धित शिर्षकहरु
हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
देशकाे अधिकांश स्थानमा पानी पर्ने
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama