Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जेनजी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा क्षतिबापत डेढ अर्ब भुक्तानी, सम्पत्ति बीमाबापत सबैभन्दा धेरै

- shuvadmin / आइतबार, असोज २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जेनजी आन्दोलनका क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिको बीमा दाबीको डेढ अर्बभन्दा बढी रुपियाँ भुक्तानी भएको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार अहिलेसम्म परेको दाबीमध्ये एक अर्ब ५८ करोड ५६ लाख रुपियाँ भुक्तानी भइसकेको हो ।

प्राधिकरणका अनुसार अहिलेसम्म दर्ता भएका तीन हजार ९९ वटा दाबीबापत २४ अर्ब ८१ करोड ४३ लाख रुपियाँ बराबरको दाबी माग आएको छ ।

भुक्तानीपछि १४ वटा निर्जीवन बीमा कम्पनी र चार माइक्रो इन्स्योरेन्स कम्पनीले २३ अर्ब २२ करोड ८७ लाख रुपियाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

सम्पत्ति बीमा दाबीको मूल्याङ्कन एवं अनुगमनका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरबाट हालसम्ममा ५२ वटा सर्भे प्रतिवेदन प्राप्त भएको निर्जीवन बिमकहरूले जानकारी दिएको प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बताए ।

बीमा दाबीमध्ये अहिलेसम्म सबैभन्दा धेरै सम्पत्ति बीमाबापतको भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

यस्तै सङ्ख्याको आधारमा धेरै मोटर बिमाबापतको भुक्तानी भएको छ । सम्पत्ति बीमामा ६५३ वटा दाबी परेकोमा हालसम्म एक अर्ब ३२ करोड ७२ लाख रुपियाँ भुक्तानी भइसकेको छ ।

सम्पत्ति बीमा अन्तर्गत १९ अर्ब छ करोड ७६ लाख रुपियाँ दाबी परेको थियो ।

मोटर बीमामा दुई हजार २०६ वटा दाबी परेकोमा हालसम्म अग्रिम भुक्तानीसमेत गरी करिब २४ करोड ९१ लाख दाबी भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

मोटर बीमा अन्तर्गत करिब तीन अर्ब ४१ करोड छ लाख रुपियाँ दाबी परेको थियो ।

आन्दोलनका क्रममा मोटरमा भएको क्षतिको मूल्याङ्कन एवं अनुगमनका लागि एक हजार ९३९ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरले हालसम्ममा ३१४ को सङ्ख्यामा सर्भे प्रतिवेदन बुझाएको जानकारी बिमकले दिएका छन् ।

यस्तै इन्जिनियरिङ तथा ठेक्का जोखिमतर्फ ३८ करोड तीन लाख रुपियाँ दाबी परेकोमा अहिलेसम्म करिब ८७ लाख रुपियाँ दाबी भुक्तानी भएको प्राधिकरणको तथ्याङ्क छ ।

यस किसिमको क्षति मूल्याङ्कन एवं अनुगमनका लागि १२६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइसकिएको र सर्भेयरबाट हालसम्ममा पाँच वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बिमकले दिएका छन् ।

यसै गरी परिवहन बिमातर्फ बीमा दाबी १२ वटा र दाबी रकम करिब एक करोड ६३ लाख रहेको छ ।

परिवहनमा भएको क्षतिको मूल्याङ्कन एवं अनुगमनका लागि बिमकले ११ वटा दाबीका लागि बीमा सर्भेयर खटाएको प्राधिकरणले जनाएको छ ।

अन्य बीमातर्फ बिमा दाबी ३८ वटा परी दाबी रकम करिब ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिब पाँच लाख ५० हजार दाबी भुक्तानी भएको जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बिमकबाट भइरहेको दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन गरिरहेको उल्लेख गरेको छ ।

अन्य बीमातर्फको क्षतिको मूल्याङ्कन एवं अनुगमनका लागि ३६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरबाट तीन वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी निर्जीवन बीमा कम्पनीले दिएका छन् ।

Page Views: 90
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama