Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सीके राउतको जनमत पार्टी फुट्यो, २० प्रतिशत केन्द्रीय सदस्यद्वारा नयाँ दल दर्ताको निवेदन

- shuvadmin / सोमबार, असोज २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, डा. सिके राउत नेतृत्वको जनमत पार्टी फुटाएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।

आयोग उच्च स्रोतका अनुसार उक्त पार्टीका २० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यले पार्टी जनस्वराज नामको नयाँ पार्टी दर्ताका लागि हस्ताक्षरसहित आइतबार आयोगमा पुगेर निवेदन पेश गरेका हुन् ।

आयोग स्रोतका अनुसार ५२ जना केन्द्रीय सदस्यमध्ये २० प्रतिशतको हस्ताक्षरसहित निवेदन परेको छ । यद्यपि सनाखत गर्ने काम बाँकी रहेको छ ।

उपाध्यक्ष दिपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादव सहित २० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको जनमतका तात्कालीन कोषाध्यक्ष यादवले नेपाल प्रेससँग बताए ।

पार्टीको नाम र निर्वाचन चिन्ह के प्रस्ताव गर्नुभयो भन्ने प्रश्नमा भने उनले यस बारेमा चाडैँ पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताए ।

जनमत पार्टीका एक नेताले भने उपाध्यक्ष साह र कोषाध्यक्ष यादव दुबै जनालाई पार्टीले कारवाही गरिसकेको बताए ।

उनका अनुसार कारबाही गरिसकेको भए पार्टी फुटाएर कसरी दल दर्ता गराउनुभयो भन्ने प्रश्नमा पार्टीले कारवाही गरेको भएपनि कारवाही गरेको जानकारी निर्वाचन आयोगले गरिनसकेको बताए ।

राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७४ को नियम ५ मा महाधिवेशनबाट निर्वाचित केन्द्री समिति र नयाँ दर्ता भएको दलको हकमा त्यस्तो दल दर्ता हुदाँका बखतको केन्द्रीय समितिको २० प्रतिशत वा त्यस भन्दा बढी सदस्य वा त्यस्तो दलको संघय संसदको संसदीय दलको २० प्रतिशत वा सो भन्दा बढी सदस्यले एकै पटक हस्ताक्षरसहित छुट्टै नयाँ दल बनाएमा त्यस्तो दल दर्ता गर्न सकिने व्यवस्था रहेको छ ।

आयोगले अब निवेदनमाथि जाँचबुझ गरेर छ्ट्टै दल दर्ता गर्न उपयुक्त देखेमा त्यस्तो दललाई आयोगले दल दर्ताको लागि निवेदन परेको मितिले ४५ दिन भित्र नयाँ दलको रुपमा दर्ता गर्नेछ ।

दल दर्ता गर्न नमिल्ने देखिएमा आयोगले त्यसको जानकारी पनि निवेदकलाई दिनेछ ।

Page Views: 83
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama