Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा ५३ प्रतिशत प्रतिनिधि, भोलि केन्द्रीय कार्यालयमा दर्ता

- shuvadmin / सोमबार, असोज २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग्दै संकलित हस्ताक्षर भोलि केन्द्रीय समितिको बैठकअघि केन्द्रीय कार्यालयमा दर्ता गर्ने तयारी भएको छ।

सभापति शेरबहादुर देउवालाई हटाउन महामन्त्रीद्वय गगन थापा र इतर पक्षका नेता डा. शेखर कोइराला निकट नेताहरूले सङ्कलन गरेको हस्ताक्षर भोलि केन्द्रीय कार्यालयमा दर्ता गराउने तयारी भएको हो।

आजै केन्द्रीय कार्यालयमा उपसभापति पूर्णबहादुर खड्कालाई बुझाउने तयारी भएपनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएपछि रोकिएको केन्द्रीय सदस्य मधु आचार्यले बताए।

उनले भने, ‘आज हामीले बुझाउने तयारी गरेका थियौँ। उपसभापतिले समय पनि दिनुभएको थियो, अब आज कार्यसम्पादन समितिको बैठक नबस्ने भनेपछि भोलि नै बुझाउने कुरा भएको छ। बैठक अघि नै हामीले बुझाउने तयारी गरेका छौँ।’

उनले विशेष महाधिवेशनको पक्षमा ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेको दाबी गरे।

उनले थपे, ‘हामीले केन्द्रीय कार्यालयमा दर्ता गरेपछि महामन्त्रीद्वयले पार्टीको तर्फबाट नै बैठकमा ल्याउनुहुन्छ, बैठकमा प्रस्ताव महामन्त्रीले नै ल्याउने हो।

उहाँहरू महाधिवेशन जसरी भएपनि गर्ने पक्षमा हुनुहुन्छ। हामीले त्यही अनुसार आफ्नो कुरा राख्छौँ।’

विशेष महाधिवेशनको पक्षमा धेरै हस्ताक्षर सङ्कलन भएपछि रोक्नको लागि संस्थापन पक्षका नेताहरूले केन्द्रदेखि नै दबाब दिएको एक नेताले बताए।

ती नेताले भने, ‘केन्द्रबाटै फोन गएपछि कैलालीका ४ जनासहित अरू एक दुई जनाले फिर्ता लिनुभएको छ।

तर, उहाँले फिर्ता गराएको भन्दा धेरै विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर भएर आएका छन्, अहिले पनि आउने क्रम जारी छ, भोलिसम्म बढ्न सक्छ।’

केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने उल्लेख छ।

त्यही विधान अनुसार महामन्त्रीद्वयको सक्रियतामा हस्ताक्षर सङ्कलन भएको हो।

तर, संस्थापन पक्षका नेताहरूले भने हस्ताक्षर सङ्कलन गरेर पार्टी विभाजनको रेखा कोरेको आरोप लगाएका छन्।

महामन्त्रीद्वयले मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गरेर भएपनि देउवालाई हटाउने रणनीति अख्तियार गरेका छन्।

यद्यपि, संस्थापन पक्ष भने मंसिरमा महाधिवेशन गर्न सम्भव नहुने भन्दै चुनावपछि गर्नुपर्ने पक्षमा गर्नुपर्ने अडान राख्दै आएका छन्।

देउवाको सम्मानजनक बिदाइका लागि महाधिवेशन गर्ने, उपसभापति खड्कालाई केन्द्रीय समितिबाटै कार्यवाहक तोक्नेदेखि केन्द्रीय समिति नै भङ्ग गरेर एक जनालाई संयोजक तोक्नेसम्मको विकल्पमा कांग्रेसभित्र छलफल भइरहेको छ।

महाधिवेशनबारे कुरा नमिलेपछि आज ३ बजेका लागि बोलाइएको कार्यसम्पादन समितिको बैठक भोलि ११ बजेको लागि सारिएको छ।

कार्यसम्पादन समितिको बैठकलगत्तै केन्द्रीय समितिको बैठक १ बजे सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

तर, सभापति देउवा अहिलेसम्म कसैलाई कार्यवाहक तोक्ने पक्षमा रहेको र विभिन्न विकल्पमा छलफलमा रहेकाले औपचारिक धारणा भोलिको बैठकबाटै राख्ने तयारीमा छन्।

इतर पक्षका नेता गुरुराज घिमिरेसहित १०९ नेताहरूले असोज ६ गतेबाट विशेष महाधिवेशन माग्दै हस्ताक्षर सङ्कलन थालेका थिए।

Page Views: 57
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama