Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

त्रिवि क्रिकेट रंगशालामा अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिता बन्द गर्न सिफारिस

- shuvadmin / सोमबार, असोज २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौं त्रिभुवन विश्वविद्यालय(त्रिवि) जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले त्रिवि क्रिकेट रंगशालामा अन्तराष्ट्रिय तथा राष्ट्रिय क्रिकेट प्रतियोगिता बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ।

समितिले क्रिकेट रंगशाला विश्वविद्यालय क्याम्पस परिसरभित्र रहँदा अध्ययन, अनुसन्धान तथा दैनिक कार्यसम्पादनमा कठिनाई भएको भन्दै त्यस्ता प्रतियोगिता बन्द गर्न सिफारिस गरेको हो।

समितिले सरकारलाई त्रिवि कीर्तिपुर परिसरलाई शान्त र सौम्य वातावरणमा शैक्षिक एवं प्राज्ञिक कार्य सञ्चालन र व्यवस्थापन गर्नुपर्ने हुँदा त्यस प्रकारको अन्तर्राष्ट्रिय वा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न बन्देज लगाउन आवश्यक व्यवस्था गर्नू भनेको छ।

समितिले दिएको सुझाव तथा सिफारिसमा भनिएको छ,‘त्रिवि विश्वविद्यालय क्याम्पस परिसरभित्र सामान्य स्तरको विश्वविद्यालयका विद्यार्थीहरू मात्र खेलकुद गर्ने रंगशाला हुनु उचित नै देखिने तर सो बाहेकका राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रतियोगिता हुने वा हुनसक्ने क्रिकेट रंगशाला, कभर्डहल तथा फुटबल रंगशालामा सञ्चालन हुने कार्यक्रमहरूले त्रिविको शैक्षिक प्राज्ञिक वातावरणलाई शान्त र सौम्य राख्न नसक्ने समितिको निष्कर्ष भएकाले ती कार्यहरू त्यहाँ नराखी हटाउनुपर्ने, त्यस प्रकारको अन्तर्राष्ट्रिय वा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न त्रिविको स्वीकृतीमा हुने व्यवस्था गर्ने अन्यथा बन्देज लगाउन आवश्यक व्यवस्था सहितको निर्णय गरिदिनुपर्ने।’

यस्ता प्रतियोगिता बन्द गर्न माग उठिरहेको बेला झनै उक्त रंगशाला मर्मत गरेर व्यवस्थित गर्ने कार्य भइरहेको छ।

Page Views: 73
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama