Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देशमा सकारात्मक परिवर्तनको खाँचो छ : अध्यक्ष ओली

- shuvadmin / शनिबार, कार्तिक ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशमा सकारात्मक परिवर्तन हुनु अनिवार्य रहे पनि भत्काउने र विध्वंस गर्ने परिवर्तन देशलाई नचाहिएको बताएका छन् ।

पार्टी मुख्यालय च्यासल ललितपुरमा आज आयोजित कार्यक्रममा उनले भौतिक संरचना, तोडफोड गरेर देशको विकास कहिल्यै सम्भव नहुने बताए ।

नेपाली जनताले ठुलो संघर्ष र बलिदान दिएर देशमा लोकतन्त्र ल्याएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भने, अर्काको घरमा आगो लगाउने, सरकारी भौतिक संरचना ध्वस्त गर्ने, सामाजिक सञ्जालमा अस्वस्थता र गलत भास्य सिर्जना गर्नुले मुलुकमा शान्ति र विकास हुँदैन ।”

अहिलेको सरकारले मुलुकमा चुनाव गराउनेगरी अन्तरिम सरकार गठन भएपनि निर्वाचनमा ध्यान दिन नसकेको भन्दै उनले देशको विकासमा यो सरकारले काम गर्न नसक्ने बताए ।

मुलुकमा शान्ति कायम गर्न र दिगो विकास गर्नका लागि एमालेजस्तो पार्टी रहेको बताउँदै उनले केही समयपछि राजनीतिक वातावरण सङ्लिने विश्वास व्यक्त गरे ।

लोकतान्त्रिक प्रणाली सबैले मान्न अनिवार्य रहेको भन्दै उनले संविधानले त्यही व्यवस्थाको अङ्गिकार गरेको स्पष्ट पारे ।

कानूनी प्रक्रिया पूरा गरी शान्तिपूर्ण रुपमा आयोजना हुने निर्वाचनबाट एमाले नभाग्ने तर अस्वस्थ र गैरकानूनी रुपमा आयोजना हुने निर्वाचन सफल नहुने उनको भनाइ छ ।

मुलुकमा कानूनी राज र प्रणालीको विकास गर्न अपरिहार्य रहेको भन्दै उनले मुलुकलाई अस्थिर राख्ने छुट कसैलाई नभएको बताए ।

कानूनी र राजनीतिक रिक्तताले मुलुक चल्न नसक्ने भन्दै अध्यक्ष ओलीले भने, “व्यक्तिगत रिसइबी गरेर मुलुकमा शान्ति आउँदैन, मसहित नेताहरुलाई पक्राउ गर्ने भनिएको छ, के कारण देखाएर पक्राउ गर्ने रु आधार त चाहिएला नि पक्राउ गर्ने रु सम्पत्ति छानविन गर्ने भनिएको छ, गर्नुस् छानविन । निश्पक्ष छानविन गर्नुस् ।”

जेनजी युवाको टाउकोमा आरोप थुपारेर परिवर्तन तुहाउने प्रयास भइरहेको बताउँदै अध्यक्ष ओलीले भने, “व्यक्तिको घर जलाउन जेनजी गएका होइनन्, सार्वजनिक भौतिक संरचना जलाउन र तोडफोड गर्न जेनजी गएको होइन ।

जेनजीको आवरणमा आपराधिक गिरोहले सबै गलत काम गरेको हो । त्यसको उचित छानविन हुनुपर्छ ।”

समय गतिशील भएकाले सबैले हेक्का राख्नुपर्ने भन्दै अध्यक्ष ओलीले आज गल्ती गर्नेहरु भोलि कठघरामा आउनुपर्छ भन्ने ख्याल गर्नुपर्छ उनले सुझाव दिए ।

देश र जनताको पक्षमा काम गर्नेको जहिले सही मूल्याङ्कन हुने तर गलत काम गर्नेको ढिलोचाँडो पहिचान हुने उनले बताए ।

जेनजी आन्दोलनपछि पहिलो पटक पार्टी मुख्यालय च्यासलमा पुगेर धारणा राख्दै अध्यक्ष ओलीले सरकारको तर्फबाट जेनजीमाथि गोली चलाउने निर्देशन नदिइएको पुनः दोहोर्याए ।

घटनाको निश्पक्ष छानविन गर्न उनले माग गरे । अध्यक्ष अ‍ोलीले पार्टी मुख्यालयको क्षति भएको संरचनाको अवलोकन गरेका थिए ।

Page Views: 76
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama