Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, भदौ २६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भदौ २४ को घटना एउटा नेपालकाविरुद्ध भयानक षड्यन्त्र थियो: अध्यक्ष ओली

- shuvadmin / बुधबार, कार्तिक ०६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा एमालेका अध्यक्ष केपी ओलीले भदौ २४ गते जेन-जी आन्दोलनका नाममा जसरी तोडफोड, लुटपाट र आगजनीका घटना भए यो एउटा नेपालका लागि भयानक षड्यन्त्र रहेको बताएका छन्।

भदौ २४ मै आन्दोलनकारीले जलाएको बालकोटस्थित आफ्नो निवास हेर्न बुधबार पुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन्।

उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत राजसंस्थापक्षधरलाई लक्षित गर्दै यस्तो षड्यन्त्र पहिले देखिनै हुँदै आएको बताए।

‘अहिले मात्र होइन। यसअघि चैत्र १५ मा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (संसद् भवन)जाँऊ, सिंहदरबार जाँऊ भनेकै थिए।

तर, उनीहरूले सकेका थिएनन्। अहिले जलाइ छाडे’, उनले भने।

गएको चैत्र १५ गते प्रसाईंको नेतृत्वमा तीनकुनेमा आन्दोलन हुँदा दुई जनाको मृत्यु भएको थियो भने व्यापारिक भवनहरुमा आगजनी र लुटपाट भएको थियो।

साथै ओलीले पहिले पनि आफ्नो घरमा आक्रमण गर्न पटक-पटक आउने गरेको बताएका छन्।

Page Views: 97
संबन्धित शिर्षकहरु
नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
ताजा अपडेट
  • नवनियुक्त मन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण
  • असोज ६ गते प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने
  • प्रधानमन्त्री राहत कोषमा साढे १२ अर्ब बढि रकम जम्मा
  • पर्वतारोहण सञ्चालक संघ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ३८ लाखभन्दा बढी सहयोग
  • नुवाकोटमा नेपाली सेनाद्वारा ‘एक्रो ब्रिज’ जडान
  • पहिराेले त्रिभुवन राजपथ अवरुद्ध
  • जुनसुकै कम्पनीकाे ग्यास सिलिण्डर साट्न सकिने व्यवस्था गर्न निर्देशन
  • प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama